काठमाडौं । गर्मीको समयमा बढी माग हुने एसी यो वर्ष जाडोमा पनि बिक्री बढेको छ । गर्मीसँगै चिसो मौसममा पनि एसीको माग बढेपछि बर्षभरी नै व्यवसाय बढेको भन्दै व्यवसायीहरु खुसी भएका छन् ।
पछिल्लो समय आधुनिक इलोक्ट्रोनिक हिटरमा झुम्मिएको बजार एसीतर्फ केन्दि हुन थालेको हो । अहिले कार्यालयका साथै निजीघरमा समेत एसी जडान गर्नेहरु बढीरहेका छन् ।
बिगतका बर्षहका एसीलाई व्यापारीहरुले मौसमी प्रडक्टका रुपमा लिने गर्थे । गर्मीको मौसममा बिशेष गरि तराई क्षेत्रमा एसीको बढी माग हुने गर्छ । तर, अहिले जाडोको मौसममा पनि तराईका साथौ काठमाडौं उपत्यकार अन्य शहरी क्षेत्रबाट एसीको माग आएको सिजीका जनेरल म्यानेजर विष्णुप्रसाद ज्ञवालीले बताए ।
उनका अनुसार सिजी एसीको माग अन्य समयको भन्दा २५ देखि ३० प्रतिशतले बृद्धी भएको छ । उनले भने ‘नेपाली बजारमा गर्मी महिनामा मात्र व्यापार हुने एसी जाडोको मौसममा पनि बढेको छ । त्यसैले हामीले दुइ किसिमका एसि बजारमा ल्याएका छौ ।’
निजी घर तथा कार्यालय न्यानो बनाउन सिलिङ अण्डर एसि तथा अन्य गरी बजारमा ४५ हजारदेखि साढे दुई लाखसम्मका रहेको ज्ञवालीले बताए ।
त्यस्तै, व्यापारिक प्रतिष्ठानमा पाँच लाखदेखि माथिका आवश्यकता अनुसार एसी बजार पाइन्छ । उनका अकनुसार साढे तीन किलोवाटको एसीले काठमाडौंमा १ सय ७० बर्गफिट र तराईमा १ सय ५० बर्गफिट कोठालाई न्यानो बनाउँछ ।
केहि बर्ष अगाडीसम्म विलाशिताका बस्तुमा पर्ने एसी अहिले आवश्यकता बन्दै गएको छ । सोहि कारण नेपाली बजारलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय ब्राण्डहरु भित्रिरहेका छन् ।
उच्च देखि मध्यमवर्गको पहुँच हुने गरी बिभिन्न मोडलका एसीहरु बजारमा सजिलै किन्न पाइन्छ । बजारमा सिजी, एलजी, माइडीया, ब्रिइ, हाइसेन्स, सामसुङ, वर्लपुललगायतका ब्राण्डका एसी उपलब्ध छन् ।