काठमाडौं । सिभिल बैंकले गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको शिवचोकमा शाखा विस्तार गरेको छ । सो शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गरे ।
उक्त शाखाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सिभिल बैंकका अध्यक्ष इ. इच्छा राज तामाङ्ग, संचालक प्रकाश तायल, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, गण्डकी प्रदेश अन्तर्गतका सुरक्षा निकायका प्रमुखहरु लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले संघीय गणतन्त्र नेपालको अवधारणा बमोजिम सिभिल बैंकले प्रदेश कार्यालय तथा शाखा स्थापना गरी बैंकिङ कारोवार संचालन गरेकोमा खुशी व्यक्त गरेका छन । बैंकको उपस्थितिविना “समृद्ध नेपाल, सुखी नेपाली” हुन नसक्ने र शिवचोक शाखाले यस क्षेत्रको वित्तीय गतिविधिलाई बढावा दिने विश्वास व्यक्त गरे ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकले आफ्ना वचतकर्ताहरु तथा उद्योगी, व्यवसायी, ग्राहकहरुको बैंकिङ आवश्कतालाई केन्द्रविन्दुमा राख्दै अन्य सम्पूर्र्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बताए ।
सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ ले सिभिल बैंकलाई यहाँसम्म पुर्याउन सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिए ।