काठमाडौं । वाणिज्य बैङ्कहरुले बिना धितो अर्बौ रुपैयाँ ऋण दिएको र उक्त ऋण नउठ्ने खतरा बढेको नेपाल राष्ट्र बैङ्कको अनुसन्धानबाट फेला परेको छ ।
राष्ट्र बैङ्क स्रोतका अनुसार आधा दर्जन ठूला बैङ्कले बिना धितो अर्बौै रुपैयाँ ऋण दिएको पाइएको हो । जनताको पैसामा केही बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) ले मनलाग्दी रुपमा कर्जा प्रवाह गरेको पाइएपछि ती बैङ्कमाथि अनुसन्धान सुरु गरिएको हो । ती बैंहहरुले नियम विपरित र नक्कली ऋणीलाई कर्जा प्रवाह गरेको पाइएपछि केन्द्रीय बैंकले कारवाही गर्न लागेको हो ।
‘बिना धितो दिएको ऋण उठेको पनि छैन् । ऋण लिने व्यक्ति नेपालमा नभएको समेत अनुसन्धानका क्रममा भेटिएको छ,’ स्रोतले भन्यो, ‘एउटै व्यक्तिलाई बिना धितो डेढ अर्ब रुपैयाँसम्म ऋण दिएको पाइएको छ ।
ती बैङ्कले बिना धितो दिएको ऋण समेत नउठेको पाइएपछि केही फाइल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई समेत बझाउने राष्ट्र बैङ्कको तयारी छ ।
बिना धितो अर्बौ रुपैयाँ ऋण दिनै पाइदैन् । तर, केही बैङ्कले यसरी ऋण दिएको अनुसन्धानबाट देखिएको छ । ‘हाम्रो तर्फबाट अनुसन्धान समेत फाइल सीआईबीलाई बझाउने तयारी हुँदै छ,’ स्रोतले भन्यो, ‘उसै पनि केही बैङ्कले धेरै नै प्रोभिजनिङ गर्नु देखिएको छ । सोही अनुसार बैङ्कलाई प्रोभिजनिङ गर्न निर्देशन समेत भइसकेको छ । त्यसबाहेक केही बैङ्कले गम्भीर फ्रर्ड गरेको पनि पाइएको छ ।
राष्ट्र बैङ्कले केही बैङ्कमाथि अनुसन्धान सकेको छ । अनुसन्धान सकेका फाइल मध्ये केहीलाई सीआईबीमा बुझाउने र केहीलाई राष्ट्र बैङ्क आफैले कारबाही गर्ने तयारी थालेको हो ।
राष्ट्र बैङ्क स्रोतले बैङ्कको नाम उल्लेख चाहेन । तर, चर्चित बैङ्कहरु ऋण अपचलनमा पर्ने सम्भावना छ । स्रोतका अनुसार प्राय सबै बैङ्कको प्रोभिजनिङ गर्नुपर्ने रकम समेत बढेर आएको छ । तर, बैङ्कहरु राष्ट्र बैङ्कको कारबाही जोगिन दौडधुप समेत गरिरहेका छन् ।
राष्ट्र बैङ्कले सबै बैङ्कमाथि एकैचोटी निरीक्षण गर्दैन । महिनामा एउटा/दुई ओटा बैङ्कमाथि निरीक्षण गर्ने हो । नियामक निकायले बैङ्कका सबै ऋणीका फाइल हेर्दैन् । नमूना निकालेर हेर्दा केही बैङ्कले धितो बिनै ऋण दिएको भेटिएको छ ।
राष्ट्र बैङ्कको निरीक्षणबाट दुई ओटा कुरा पत्ता लागेका छन् । एउटा बिना धितो ऋण दिएको र अर्को बैङ्कले अत्यधिक मात्रामा प्रोभिजनिङ गर्नुपर्ने भएको छ । बिना धितो ऋण दिनेको फाइल सीआईबीलाई बुझाउने र बैङ्कलाई प्रोभिजनिङ गराउन केन्द्रीय बैङ्क लागेको छ ।