काठमाडौं । चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुको नाफा घट्ने देखिएको छ । आर्थिक वर्षको दोस्रो त्रैमाशमा वाणिज्य बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणमा अधिकाँश बैंकको नाफाको वृद्धि दर घटेको छ । केही बैंकको नाफा नै घटेको छ । दोस्रो त्रैमाशमा वाणिज्य बैंकहरुले ३२ अर्ब ७५ करोड रुपैयाँ खुदनाफा गरेका छन ।
२७ ओटा वाणिज्य बैंकहरुले ६ प्रतिशत हारहारीमा मात्र नाफा बढाएका छन । ८ वटा बैंकको नाफा घटेको छ । घटे पनि सबैभन्दा बढी नाफा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ ।
वाणिज्य बैंकले गत वर्षको भन्दा २० करोड रुपैयाँ नाफा घटाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा उसले २ अर्ब २० करोड रुपैयाँ खुदनाफा गरेको छ ।
६ महिनामा ४ ओटा वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ नाफा कटाएका छन । राष्ट्रिय वाणिज्यले २ अर्ब २० करोड, ग्लोबल आईएमईले २ अर्ब १३ करोड, नविलले २ अर्ब ४ करोड, एनआईसी एसियाले २ अर्ब १ करोड रुपैयाँ नाफा गरेका छन ।
यस्तै सबैभन्दा कम नाफा गर्नेमा सिभिल बैंक रहेको छ ।
सिभिलले ३१ करोड ६२ लाख रुपैयाँ मात्र नाफा गरेको छ । ६ महिनामा सिभिलको नाफा घटेको छ । नविल,नेपाल बैक, नेपाल इन्भेस्टमेन्ट, सिटिजन्स, नेपाल एसबीआई र सिद्धार्थ बैंकको नाफा घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
यसैगरी प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल बंगलादेश बैंकको नाफा न्युन प्रतिशत मात्र बढेको छ ।
ग्लोबल आइएमइ बैंक, एनएमबी र एनआईसी एसिया बैंकले नाफा धेरै बढाएका छन । जनता बैंकलाई मर्ज गरेपछि ग्लोबल आईएमई धेरै नाफा बढाउने बैंक भएको छ । ग्लोबलले ७३ प्रतिशत नाफा बढाएको छ । एनएमबिले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि नाफा झण्डै ४७ प्रतिशत बढेको छ । एनआईसी एसियाले ३३ प्रतिशत नाफा बढाएको छ ।
यसैगरी मेगा, लक्ष्मी, सेञ्चुरी कमर्शियल, बैंक अफ काठमाण्डु, प्राइम कमर्शियल, सनराइज र सानिमा बैंकको नाफा न्युनतम १० देखि ३० प्रतिशतसम्म बढेको छ ।
विगत वर्ष जस्तो चालु आर्थिक वर्षमा लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रञ्च) को अवस्था देखिएन । सार्वजनिक गरिएको वित्तीय विवरणमा अधिकाँश बैंकको तरल अवस्था सहज देखिएको छ ।
स्प्रेडदर कम हुदै गएको, प्रतिस्पर्धा र सञ्चालन लागत बढ्दा यसको असर नाफामा परेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन ।
कुन बैंकको कति ?
राष्ट्रिय वाणिज्य बैंक २ अर्ब २० करोड
ग्लोबल आईएमई बैंक १ अर्ब १३ करोड
नविल बैंक २ अर्ब ४ करोड
एनआईसी एसिया बैंक २ अर्ब १ करोड
हिमालयन बैंक १ अर्ब ७४ करोड
नेपाल इन्भेस्टमेन्ट बैंक १ अर्ब ६६ करोड
एनएमबी बैंक १ अर्ब ६३ करोड
कृषि विकास बैंक १ अर्ब ५८ करोड
एभरेष्ट बैंक १ अर्ब ५० करोड
नेपाल बैंक १ अर्ब ३५ करोड
प्राइम कमर्शियल बैंक १ अर्ब ३० करोड
स्ट्याण्डर्ड चाटर्ड बैंक १ अर्ब २२ करोड
सानिमा बैंक १ अर्ब १४ करोड
प्रभु बैंक १ अर्ब ८ करोड
सिद्धार्थ बैंक १ अर्ब २ करोड
नेपाल एसबीआई बैंक १ अर्ब
मेगा बैंक ९५ करोड
सनराइज बैंक ९४ करोड
लक्ष्मी बैंक ९० करोड
बैंक अफ काठमाण्डु ८८ करोड
माछापुच्छ्रे बैंक ८२ करोड
नेपाल बंगलादेश बैंक ८० करोड
कुमारी बैंक ८० करोड
एनसीसी बैंक ७५ करोड
सिटिजन्स बैंक ६८ करोड
सेञ्चुरी कमर्शियल बैंक ६५ करोड
सिभिल ३१ करोड