झापा। यातायात व्यवस्था कार्यालय झापाले चालू आव २०८१/८२ को ९ महिनामा ८२ करोड १६ लाख ४८ हजार ४ सय २ रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चैतमा मात्रै १५ करोड ७० लाख ८२ हजार एक सय १६ राजस्व संकलन गरेको हो।
चालू आवको चैतसम्म सवारी साधनको कर संकलनबापत ६९ करोड ६ लाख २२ हजार पाँच सय ४२, यातायात क्षेत्रको आम्दानीबापत ९६ लाख ६० हजार ६ सय ६७, सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत १२ करोड १२ लाख ८९ हजार ६ सय ५१ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए।
चालू आवको ९ महिनामा जिल्लामा नौ हजार नौ सय ५४ नयाँ सवारीसाधन दर्ता भएका कार्यालय प्रमुख सापकोटाले बताए। उनका अनुसार गत आव २०८०/८१ को अन्त्यसम्म जिल्लामा दुई लाख ६ हजार आठ सय ८४ सवारी साधन दर्ता रहेका थिए।
कार्यालय प्रमुख सापकोटाका अनुसार चालू आवको ९ महिनामा सबैभन्दा धेरै नयाँ मोटरसाइकल तीन हजार दुई सय ३६ दर्ता भएका छन्।
यसैगरी ई–रिक्सा दुई हजार पाँच सय ४९, स्कुटर दुई हजार तीन सय ४५, ई–स्कुटर पाँच सय ७९, कार एक सय ८०, ट्रयाक्टर एक सय ७६, जिप एक सय ६८, बस एक सय आठ, ई–कार ९३, ट्रक ५२, ट्रिपर २०, माइक्रो १९, एम्बुलेन्स चार वटा नयाँ दर्ता भएका छन्।–रासस