काठमाडौं। प्रत्येक दिन लाखौँ मानिसहरुले च्याटजीपीटी, जेमिनी र क्लाउड जस्ता एआई अर्थात कृत्रिम बुद्धिमता सहायकहरूको प्रयोग व्यापक बन्दै गएको छ। विद्यार्थीहरू गृहकार्यमा, गृहणीहरू आहार योजना बनाउन, चिकित्सकहरू चिकित्सा अनुसन्धानको सारांश निकाल्न र व्यवसायीहरू रिपोर्ट तयार गर्न एआईमा भर पर्न थालेका छन्। तर, एआईले प्रश्न बुझेर अन्तिम उत्तरबाहिर निकाल्नुअघि यसको भित्री प्रणालीमा के हुन्छ? भन्ने प्रश्नले विज्ञहरूलाई समेत लामो समयदेखि अलमलमा पार्दै आएको छ।
भर्खरै एन्थ्रोपिक नामक संस्थाले ६ जुलाई २०२६ मा सार्वजनिक गरेको एक महत्वपूर्ण अनुसन्धान पत्रले यो रहस्यको भण्डाफोर गरिदिएको छ। ‘भर्बलाइजेबल रिप्रेजेन्टेसन फर्म ए ग्लोबल वर्कस्पेस इन ल्याङवेज मोडल’ शीर्षकको सो अध्ययनले एआईले उत्तर दिनुअघि सूचनाहरूलाई व्यवस्थित गर्ने गरेको स्पष्ट संकेत दिएको छ। यसअघिसम्म एआईले कुनै आन्तरिक सोचबिना केवल ‘पछिल्लो शब्द अनुमान मात्र गर्छ’ भन्ने मान्यता थियो।
हामीलाई कसैले ‘सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो?’ भनेर सोध्दा हामी तुरुन्तै ‘बृहस्पति’ मात्र भनिहाल्दैनौँ। हाम्रो मस्तिष्कले मौन रूपमा ग्रहहरूबारे विचार गर्छ, सही उत्तर पत्ता लगाउँछ र त्यसपछि मात्र बोल्छ। यो सम्पूर्ण प्रक्रिया एक सेकेन्डको अंशभन्दा कम समयमा पूरा हुन्छ।
एन्थ्रोपिकका अनुसन्धानकर्ताहरूले आधुनिक एआईभित्र पनि ठ्याक्कै यस्तै प्रक्रिया हुने पत्ता लगाएका छन्। एआईले उत्तर उत्पादन गर्नुअघि एक अस्थायी आन्तरिक कार्यक्षेत्र निर्माण गर्छ। जहाँ उत्तरका लागि आवश्यक मुख्य विचारहरू एक ठाउँमा जम्मा हुन्छन्। एक अर्कालाई प्रभावित गर्छन्। जस्तै, ‘जाला बुन्ने जनावरका कति वटा खट्टा हुन्छन ?’ भन्ने प्रश्न गर्दा एआईको आन्तरिक प्रणालीमा सीधै ‘माकुरा’ भन्ने शब्द सक्रिय हुन्छ। जसले माकुरा र आठ खुट्टाबीचको सम्बन्ध जोडेर सही उत्तर प्रदान गर्छ।
सोच्ने तरिका र यसको महत्व
अनुसन्धानकर्ताले एआईको यो आन्तरिक प्रक्रियालाई गणितीय समस्या हल गरिरहेको विद्यार्थीको ‘रफ कापी’सँग तुलना गरेका छन्। यदि, विद्यार्थीको रफ कापीको कुनै अंक गोप्य रूपमा परिवर्तन गरियो भने अन्तिम उत्तर पनि फेरिन्छ। ठीक त्यसैगरी, एआईले काम गरिरहेको बेला उसका आन्तरिक विचारहरूलाई फेरबदल गर्दा अन्तिम उत्तर पनि परिवर्तन भएको पाइएको छ। यसले एआईले केवल शब्दको अनुमान मात्र गरिरहेको छैन। उत्तर दिनुअघि सूचनालाई व्यवस्थित गरिरहेको छ भन्ने स्पष्ट पार्छ। रोचक कुरा के छ भने, हिज्जे मिलाउने वा सामान्य तथ्य सम्झने जस्ता सामान्य कामहरूमा सो आन्तरिक कार्यक्षेत्रको खासै आवश्यकता पर्दैन।
मानिसले पनि साधारण शब्द पढ्न धेरै दिमाग लगाउनु पर्दैन। तर, क्रसवर्ड पजल हल गर्दा वा महत्वपूर्र्ण निर्णय लिँदा गहिरो सोच्नुपर्छ। एआईले पनि यस्तै किसिमको भिन्नता देखाएको छ।
एआईप्रति बढ्दो विश्वास र पारदर्शिता
आजको युगमा एआई शिक्षा, स्वास्थ्य, बैंकिङ र सरकारी सेवाहरूमा प्रयोग भइरहेको छ। यस्तो अवस्थामा एआईले कुनै निष्कर्षमा कसरी पुग्यो भनेर जान्न पाउनु प्रयोगकर्ताको अधिकार हो। अहिलेसम्म एआई एक त्यस्तो मेधावी विद्यार्थी जस्तै थियो, जसले उत्तर सधैं सही दिन्थ्यो तर त्यो उत्तरसम्म पुग्न अपनाइएका चरणहरू कहिल्यै देखाउँदैनथ्यो।
एन्थ्रोपिकको यो अध्ययनले यो अवस्था बदल्न थालेको छ। यदि हामीले एआईको तार्किक प्रक्रिया बुझ्न सक्यौं भने भविष्यमा यसका कमजोरी, लुकेका पूर्वाग्रह र त्रुटिहरू समयमै पत्ता लगाउन सकिनेछ।
यो अध्ययनले के दाबी गर्दैन?
यो अध्ययनले एआई चेतनशील भइसकेको वा यसमा कुनै भावना तथा आत्मचेतना छ भनेर दाबी गरेको छैन। यो केवल एआईले उत्तर उत्पादन गर्नुअघि सूचना कसरी प्रशोधन गर्छ भन्ने विषयमा केन्द्रित छ। नेपालजस्तै तीव्र गतिमा प्रविधि अपनाइरहेको देशका लागि पनि यो अनुसन्धान निकै सान्दर्भिक छ।
विद्यालयदेखि सरकारी कार्यालयसम्म एआईको प्रयोग बढ्दै जाँदा प्रणाली कति भरपर्दो छ र यसका निर्णयहरू पारदर्शी छन् कि छैनन् भन्ने प्रश्नहरू महत्त्वपूर्ण बन्ने छन्। एन्थ्रोपिकको यो अध्ययनले एआईको ‘ब्ल्याक बक्स’ पूर्ण रूपमा खोलेको त छैन। तर, यसको ढक्कन अलिकति उघारेर भित्रको रहस्यको पहिलो झलक दिएको छ। भविष्यमा एआईलाई शक्तिशाली मात्र होइन। पूर्ण रूपमा पारदर्शी र विश्वासयोग्य बनाउन यो अध्ययन एक ऐतिहासिक कोसेढुगा सावित हुनेछ।
यो अध्ययन भारतका लागि किन सान्दर्भिक छ?
भारतमा कृत्रिम बौद्धिकता एआईको प्रयोग अत्यन्त द्रुत गतिमा फैलिरहेको छ। विश्वविद्यालयहरूले आफ्ना शैक्षिक पाठ्यक्रममा यसलाई समावेश गरिरहेका छन् भने व्यापारिक संस्थाहरूले आफ्ना उत्पादन र सेवाहरूमा एआईलाई जोड्दै छन्। यस्तै, सरकारले स्वास्थ्य सेवा, कृषि, शिक्षा तथा जनप्रशासन जस्ता क्षेत्रमा यसको प्रयोगको सम्भावनालाई नजिकबाट नियाल्दै छ। आज लाखौँ भारतीय नागरिकहरूले दैनिक जीवनमा एआई सहायकहरूसँग अन्तरक्रिया गर्ने गरेका छन्।
प्रविधिको यो तीव्र रूपान्तरणसँगै यसको क्षमता मात्र नभई जनमानसमा यसप्रतिको विश्वास पनि उत्तिकै महत्वपूर्ण बन्नेछ। भविष्यमा मानिसहरूले यी प्रणाली कतिको भरपर्दो छन्, यिनका निर्णयहरूलाई तर्कसंगत रूपमा प्रस्ट्याउन सकिन्छ कि सकिँदैन, र कुनै किसिमको क्षति पुग्नुअघि सम्भावित त्रुटिहरू पहिचान गर्न सकिन्छ कि सकिँदैन भनेर प्रश्न उठाउने छन्।
एन्थ्रोपिकको यस अनुसन्धानले ती सबै प्रश्नहरूको पूर्ण जवाफ भने दिँदैन, किनकि धेरै विषयहरूको रहस्य अझै खुल्न बाँकी नै छ। यद्यपि, वैज्ञानिक सफलताहरू सबै समस्या एकैपटक समाधान भएको हुनाले मात्र सम्झिने गरिँदैन, वरू तिनले सोचाइको एउटा नौलो ढोका खोलेका कारण स्मरणीय बन्छन्। यो अध्ययन पनि भविष्यका लागि त्यस्तै एक ऐतिहासिक कोसेढगा सावित हुन सक्छ।
सो अध्ययनले मेसिनहरूले मानिसकै शैलीमा सोच्छन् भनेर दाबी गरेको छैन। यसको सट्टा, मानव इतिहासको यो अत्यन्त शक्तिशाली आविष्कारले कुनै पनि उत्तर दिनुअघि आन्तरिक रूपमा सूचनाहरूलाई कसरी व्यवस्थित गर्छ भन्ने विषयमा यसले पहिलो पटक एक स्पष्ट झलक दिएको छ। एआईको दीर्घकालीन सफलता यो कतिसम्म बौद्धिक बन्छ भन्ने कुरामा मात्र सीमित रहनेछैन, वरू हामी यसलाई कति गहिराइमा बुझ्न सक्छौँ भन्ने कुरामा पनि निर्भर रहनेछ।
एन्थ्रोपिकको यो अध्ययनले एआईको ब्ल्याक बक्सलाई पूर्ण रूपमा उघारेको त छैन, तर यसको आन्तरिक रहस्य बाहिर ल्याउन यसको ढक्कनलाई थोरै भए पनि खुला गरिदिएको छ। त्यो सानो झलकलाई भोलिका दिनमा एआईलाई केवल शक्तिशाली मात्र होइन, पूर्ण रूपमा पारदर्शी, विश्वसनीय र समाजको बढ्दो भरोसाका योग्य बनाउने दिशाको एक महत्वपूर्ण कदमका रूपमा स्मरण गरिने छ। राजेश सेठः द पायोनियर पत्रिका