काठमाडौं । एनआईसी एशिय बैंकले मुद्दती खातामा उच्च ब्याजदरसँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा दिदै आएको छ । उच्च ब्याजदर पाइने खाताको रुपमा चिनिएको मुद्दती निक्षेप खातामा बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बीमा सुविधा पनि थप गरेको हो ।
बैंकले मुद्दती निक्षेप खाता मार्फत अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँसम्मको चमत्कारिक बीमा सुविधा दिएको छ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ ।
यस्तै, १८ घातक रोगहरुको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाइनेछ । बहिरंग (ओपिडी) उपचार गर्नु परेमा २० हजार रुपैयाँसम्मको डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधिलगायतमा खर्च गर्न सकिनेछ । ग्राहक सिकिस्त विरामी भइ अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रुपैयाँसम्म बीमाबाटै खर्च गर्न सकिनेछ ।
बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । २१ लाखसम्मको बीमा सर्वसाधारण आफैले गर्नु परेमा करिब १४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । बैंकले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क (प्रिमियम) सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई बैंकले सम्झौता गरे अनुरुप भुक्तानी गरिदिन्छ ।
न्यूनतम १ लाख वा सो भन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त गर्न हुनेछ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहक महानुभावले १८ घातक रोगहरुको लागि २ लाख रूपैयाँसम्म र ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्नुहुनेछ ।
न्यूनतम निक्षेप रकम बीमा सुविधा ब्याजदर
रू १ लाख वा सो भन्दा बढी १२ लाख ५० हजार बीमा सुविधा ९.७५%
रू १० लाख वा सो भन्दा बढी २१ लाख बीमा सुविधा ९.७५%
रू २५ लाख वा सो भन्दा बढी २१ लाख बीमा सुविधा ९.७५%
बैंकर्स संघसँग भद्र सहमती अनुसार बैंहरुले मुद्दती निक्षेप खातामा ९.२५ प्रतिशत सम्म ब्याज पाउनुहुनेछ । त्यसमा शाखा प्रमूखले बढीमा ०.५० प्रतिशत सम्म ब्याजदर थप्न सक्छन् । त्यसैले प्राय सबै बैंकले मुद्दती निक्षेप खातामा बढीमा ९.७५ प्रतिशत सम्म ब्याज दिन्छन् । एन आई सी एशिया बैंकले भने सर्वाधिक उच्च ब्याजदर सँगै आफ्ना ग्राहकवर्गको फाइदाको लागि २१ लाख रूपैयाँसम्मको बीमा सुविधा थप गरेको हो ।