काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदान गर्दै आएको फोनपेले चावहिलको केएल टावरमा दोस्रो मेला सम्पन्न गरेको छ । फोनपेले राजधानीका प्रमुख मलहरूमा फेबु्रअरी र मार्चमा मोबाईल बैंकिङ मेला सञ्चालन गर्नेछ ।
‘मोबाईल बैंकिङ’ बैंकहरूले प्रदान गरेको सेवा हो । जसबाट प्रयोगकर्ताले मोबाईल फोन मार्फत बैंक भुक्तानी, फण्ड ट्रान्स्फर, स्टेटमेन्ट जाँचजस्ता थुप्रै सेवा लिन सक्नेछन् । स्क्यान टु पे सुविधा मार्फत बिजुलीको महशुल, टेलिफोन बिल भुक्तानी, हवाइजहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किलमेल पनि गर्नसक्नेछन् ।
मेलामा धेरै रोचक खेलहरूका साथमा सहभागीले थुप्रै पुरस्कार जित्नसक्नेछन् । मलमा आउने मानिसहरूमा ‘स्पिन द वील’ बोनान्जा आकर्षणको केन्द्रवीन्दु बनेको छ । सहभागी सबैले फेन्सी सामाग्रीका साथै तत्काल मोबाइइल टपअप जस्ता उपहार जित्न सक्नेछन् । मेलामा सहभागी मध्येबाट एक जनाले बम्पर उपहारका रूपमा ५० हजार रूपैयाँ जिन्ते आयोजनकले जनाएको छ ।
यसबाहेक यो योजनामा सहभागीहरू फोन पेको अर्को मेगा अभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा सहभागी हुन सक्नेछन् । जनवरी २ देखि सुरू भएको यो योजना जुलाई २, २०२० सम्म चल्नेछ ।
दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शत प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एक जनाग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् । यस उपहार योजनामाहरेक महिना एक जनाग्राहक र मर्चेन्टले डिजिटल लक्की ड्र मार्फत दुबई ट्रिप जित्न सक्नेछन् ।