काठमाडौं। मृगौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिको रुपमा पेम्बा शेर्पाले रेकर्ड राखेका छन्। सोलुखुम्बु घर भएका ३७ वर्षीय शेर्पा आरोहीले सगरमाथाको सफलतापूर्वक आरोहण गरी पहिलो मृगौला प्रत्यारोपणपछि आरोही व्यक्ति बनेर इतिहास रचेका हुन्।
गत बुधबार बिहान साढे ९ बजे सगरमाथाको शिखरमा पुग्न सफल शेर्पा आरोहणका लागि १ महिनाअघि सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गरेका थिए। उनको आरोहण अभियानको व्यवस्थापन हाई माउण्टेन ट्रेक्स कम्पनीले गरेको थियो।

नेपालमा गिनिज वर्ल्ड रेकर्ड्सका आधिकारिक प्रतिनिधि थानेश्वर गुरागाईंले पेम्बा शेर्पालाई यो उपलब्धि हासिल गर्ने पहिलो मृगौला प्रत्यारोपण प्राप्तकर्ताको रूपमा प्रमाणित गरेका छन्।
शेर्पा आरोहीहरुमध्ये सबैभन्दा बढी उमेरमा सगरमाथाका साथै सेभेट समिट आरोहण गरेका ल्हाक्पा सोनाम शेर्पाले आरोही शेर्पालाई बधाई ज्ञापन गरेका छन्। ‘मृगौला प्रत्यारोपणपछि सगरमाथा हिमाल आरोण गर्ने आट गर्नुनै सबैभन्दा ठुलो विषय थियो,’ ल्हाक्पा सोनाम शेर्पाले भने, ‘उनको आट देखेरै सहयोग जुटाएका थियौं,जुन विश्वको लागि नयाँ सन्देश हो।’
मृगौला प्रत्यारोपण गरेको २४ महिनापछि सन् २०२४ को मार्च २२ तारिखमा उनले ६ हजार १ सय ९९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरेका थिए।
जापानमा ७ वर्ष काम गरी पत्नीलाई भेट्न नेपाल आउनेक्रममा आरोही शेर्पाको मृगौलामा समस्या देखिएको थियो। दुईवटै मृगौलाले काम नगरेपछि उनलाई प्रत्यारोपणका लागि आफ्नै बाबुले मृगौला दान दिएका थिए। यसका लागि उनले लामो समय उपचार गराउनुपरेको थियो।
उनले करिब ३० महिना अवधिमा नयाँ जीवन पाएका थिए। मृगौला प्रत्यारोपण गरेको २४ महिनापछि सन् २०२४ को मार्च २२ तारिखमा उनले ६ हजार १ सय ९९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरेका थिए।

‘मृगौला प्रत्यारोपणपछि सगरमाथा आरोहण अभियान २०८१’ मृगौला प्रत्यारोपणपछि पाएको जीवनलाई सार्थक बनाउन तथा सिंङ्गो मानवजगतलाई प्रेरणादायी सन्देश दिन सञ्चालन गरिएको आरोही पेम्बा शेर्पाले बताए।
मृगौला प्रत्यारोपणपछि हरेक व्यक्ति अन्य साधारण व्यक्ति जस्तै सबै काम गर्न सक्षम हुने उनी बताउँछन्। २०४५ साल चैत ६ गते सोलुखुम्बुको दूधकोशी गाँउपालिका वडा नम्बर ७ सोलाबनमा भएको थियो।