काठमाडौं । संखुवासभाको चिचिला गाउँपालीकाको चिचिलामा नेपाल आर्थिक पत्रकार समाज (सेजन) र प्रभु वैंकको आयोजनामा बित्तिय साक्षरता सम्वन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीयबासीहरुलाई वित्त सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा गाउँपालीकाका जनप्रतिनिधी, स्थानीय, राजनितिक दलका प्रतिनिधी, समाजसेवी, कृषक, ब्यापारी, नागरिक समाजलगायतका ६८ जनाको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले वित्त व्यवस्थापन, यसको सही सदुपयोग र बचतबारे बताउँदै आयआर्यन हुने उत्पादनमूलक क्षेत्रमा लगानीको लागि आग्रह गरे । नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक निरौलाले चिचिला क्षेत्रको भ्रमणका क्रममा नगदेबाली अलैंची र रमणीय हिमश्रृङ्खलाले यस क्षेत्रको आर्थिक संभावना उच्च रहेको भन्दै पर्यटकिय दृष्टीकोणलाई प्रमुख प्राथमिकता दिनसके यस क्षेत्रको आर्थिक स्थीतिमा उल्लेखनीय सुधार ल्याउन सकिने धारणा राखे उनले बित्तिय साक्षरता बिना आर्थिक संबृद्धि संभव नहुने बताए ।
कार्यक्रममा प्रमुख अतिथी चिचिला गाउँपालीकाका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधी र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडीएको यस क्षेत्रमा बित्तिय साक्षरता कार्यक्रम संचालन गरेकोमा धन्यबाद प्रकट गरेका थिए । उनले चिचिला गाउँपालीकाका अध्यक्ष पासाङ्गनुर्वु शेर्पाले आर्थिक रुपमा जनतालाई शसक्त बनाउनका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम आयोजना गरिरेहको जानकारी दिए ।
कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतम, प्रभु बैंक खाँदबारीका शाखा प्रमुख सुमन बस्नेत, बरिष्ठ पत्रकार दिपेन्द्र बान्तवा लगायतले वित्तिय व्यवस्थापनबारे चर्चा गरेका थिए । उनीहरुले योजनाबद्ध आर्थिक ब्यवस्थापनले मात्र सामाजिक संबृद्धि हाँसिल गर्नसकिने भन्दै अनावश्यक खर्च गर्ने प्रबित्तिले समुदायलाई तिब्र गतिमा गरिवीतर्फ धकेलिरहेको बताए ।