काठमाडौं। श्रीलंकन कम्पनी हेमाजका उत्पादनका वस्तु अब नेपाली बजारमा पनि पाइने भएको छ । कम्पनीले हात, मुख तथा कपालको शुरक्षाका लागि नेपाली बजारमा आफ्ना उत्पादननलाइ पनि प्रतिष्पर्धा गराउने भएको हो । अहिले बजारमा विभिन्न कम्पनीका उत्पादनका वस्तुहरु विक्रि हुँदै आएका छन् ।
कम्पनीले नरिवलको तेलमा जडिबुटीहरु मिसाइ उत्पादित सामानहरु नेपालमा नमस्ते ट्रेड लिंकमार्फत बिक्रीवितरण सुरु गरेको हो । नमस्ते नेपालले राजधानीमा एक कार्यक्रम गर्दै हेमाजका उत्पादन उक्त कम्पनीका निर्देशक रोय जोसेफ र पूर्वप्रधानमन्त्री झलनाथ खनालले सार्वजनिक गरेका थिए ।
हेमाजका उत्पादनहरु बेबी केयरतर्फ साबुन, स्याम्पु, क्रिम र लोसन छन् भने ओरल केयरतर्फ मन्जन र माउथबास छन् । छाला र कपालका लागि तेल, कन्डिस्नर, स्याम्पु, सिरम, अत्तर, सेनेटरी न्यापकिन रहेको कम्पनीले जनाएको छ ।
हेमाजले आफ्ना हर्बल उत्पादनहरू भारत, अष्ट्रेलिया, मलेशिया र माल्दिभ्सलगायतका धेरै मुलुकका बजारमा पनि बिक्री गरिरहेको जानकारी कम्पनीका निर्देशक जोसेफले दिए। ’सबै देशहरुबाट राम्रो प्रतिक्रिया आइरहेको छ,’ उनले भने, ’अब नेपालमा पनि चाडै यसले बजार विस्तार गर्नेछ।’
त्यस्तै, प्राकृतिक तथा जडिबुटीहरुबाट तयार पारिएका वस्तु पनि हेमाजले बजारमा ल्याएको छ । हेमाजका उत्पादन नेपाली बजारमा ल्याउन पाउँदा खुसी लागेको नमस्तेका अध्यक्ष ताराबहादुर कुँवरले बताए।