काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले कोरोना भाइरसरको सम्भावित जोखिम न्यूनीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई विभिन्न सामग्री हस्तान्तण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै कमर्शले थर्ममिटर, मास्क, प्राइम किट प्रिमियम सेट (पिपिई सेट), स्प्रिट, फुल गाउन लगायतका समाग्री अस्पताल र विमानस्थललाइ हस्तान्तरण गरेको हो ।
स्वाथ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठ, त्रिभुवन विमानस्थल हवाइ उड्डयन कार्यालय गौचरणका निर्देशक तथा प्रवक्ता देवचन्द्र लाल कर्ण, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. राजेश कुमार साह लगायतको उपस्थिति रहेको थियो ।
कोरोना भाइरसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न यस संस्थाको तर्फबाट सहजीकरणका लागि चेम्बरका उपाध्यक्ष दिपक कुमार मलहोत्राको संयोजकत्वमा कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति गठन गरिएको थियो ।
उक्त समितिमा चेम्बरका कार्य समिति सदस्यमा मृगेन्द्र मेहर श्रेष्ठ, नवराज ढकाल, दिपक श्रेष्ठ, दीपक कुवर, देवेन्द्र भक्त श्रेष्ठ, सुरेन्द्र शारदा, संजय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा, ज्योति प्रकाश पाण्डे र आनन्द कुमार अग्रवाल बगारीय समावेश भएका छन् ।
कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बजारमा औषधी, मास्क, सेनिटाइजर लगायतका सामाग्रीहरुका सहज आपुर्तिको व्यवस्था गर्नुपर्ने बताए । साथै, कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि चेम्बरले जनसचेतनामूलक पर्चा विभिन्न जिल्ला र काठमाडौं उपत्यकामा समेत वितरण गर्ने जनाएको छ ।
त्रिभुवन विमानस्थल हवाइ उड्डयन कार्यालय गौचरणका निर्देशक तथा प्रवक्ता देव चन्द्र लाल कर्णले कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्नको लागि त्रिभुवन विमानस्थलमा यात्रुहरुको सघन परिक्षणको बारेमा गरिएको प्रयासबारे जानकारी दिए ।