काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजावादी आन्दोलनमा भाडामा मान्छे आएको बताएका छन्। पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले राजावादी आन्दोलनमा भाडाका मान्छे सहभागी भएको दाबी गरेका हुन्।
‘अहिले राजावादीहरूले कता-कताबाट पैसा ल्याएका छन्, पैसा त उनीहरूले थुपारेकै छन्, त्यही पैसाको बलमा भाडाका मान्छे ल्याउने छाडा बनाउने, जाँड खुवाउने उफार्ने काम भइरहेको छ,’ उनले भने।
यस्तै, उनले शान्ति सम्झौतापछि जन्मेकाहरूलाई राजावादीको अपराधबारे केही थाहा नभएको भन्द राजाले गरेको कुकर्मबारे जनतालाई भनिदिनुपर्ने बताए। यस्तै, उनले गणतन्त्र आएको देशमा भएको विकासबारे तथ्यांकमा रहेको भन्नुपर्ने बेला आएको बताए।
आइतबार मात्रै राजावादी दलहरूले काठमाडौंमा आन्दोलन गरेका छन्। यस क्रममा पूर्व गृहमन्त्रीसमेत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्।
काठमाडौंको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको छ।
नारायहिटी दरबार हत्या काण्ड भएको जेठ १९ गते नजिकिएसँगै राजावादीहरूले आफने आन्दोलनलाई सशक्त बनाउने तयारी गरेको छ। सोहीअनुसार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजावादीले आन्दोलन गर्ने तयारी गरेको हो।