काठमाडौं । चीनसहित, दक्षिण कोरिया, इटली, इरान र जापानबाट खाद्यान्न वस्तु आयात रोकिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार तरकारी, फलफूल र मासु आयातको अनसमति दिन बन्द गरिएको छ ।
कृृषि तथा पशुपंछी विकास मन्त्रालयले कोरोना अति प्रभावित पाँच मुलुकबाट पशु, खाद्य र वनस्पतिजन्य वस्तुको आयात अनुमति नदिन विभागलाई पत्राचार गरेको थियो । त्यसपछि विभागले ड्राइफुड, स्न्याक्स र स्याउ आयातका लागि अनुमति दिइएको छैन् ।
जनावर, मासु, चिज, कफी, कालो चिया, वनस्पतिको बिउ, हरियो तरकारीको बीऊ, अलिभ तेल, सूर्यमुखीको बीऊ तथा कच्चा तेल, ससेज, चकलेट, गुलिया बिस्कुट, गोलभेँडाको केचप, वाइन, पिठो, बिरालो र कुकुरको चामल, वनस्पतिको बीऊ, हरिया तरकारीको बीऊ, मकैको तेल, माछाका परिकार, पास्ता, सोय सस, अंगुरको वाइन, ह्वीस्की, औषधीजन्य वस्तु तथा वैज्ञानिक ल्याबका उपकरण आयात बन्द भएको छ ।