काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले उपभोक्ता पनि अनुगमनकर्ता बन्नुपर्ने बताएका छन् । उनले उपभोक्ताले पनि अनुगमनकर्ताकै रुपमा खटिएर कतै व्यापारी वा विचौलियाले बदमासी गरेमा सही सुचना दिन आग्रह समेत गरे ।
विश्व उपभोक्ता दिवश—२०७६ को मूल समारोहमा बोल्दै मन्त्री भट्टले उपभोक्ताको अधिकार प्राप्तिका लािग सवै आ—आफ्ना क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताए । सरकार, उपभोक्ता संस्था र स्वंयम उपभोक्ता नै आ–आफ्नो जिम्मेवारी पूरा गर्न सकेमा उपभोक्ताकाको अधिकार सुनिश्चित हुने बताए ।
उनले आफ्नो अधिकार लिन सवैजना जिम्मेवार र प्रशिक्षित हुनुपर्ने तर्क गरे । कोरोना भाइरस संकमणका बेला आफ्ना कर्मचारी र आफु नसुती बजारको अनुगमन र निरिक्षण गरिरहेको बताए ।
त्यस्तै, वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले सरकारले हरेक उपभोग्य वस्तुको माग र उपलव्धता कति हुन्छ भन्ने स्पष्ट विवरण प्रणाली बनाएर बजार सन्तुलन गरिने बताए ।
पछिल्लो पटक कोरोना भाइरसका कारण उपभोग्य वस्तु र ग्याँसको अभाव भएको प्रसंगमा उनले भने, ‘हामी आफुलाइ चाहिनेभन्दा १०÷१५ गुणा बढी सामान सञ्चय गर्यौ । अनावश्यक सञ्चयले माग बढाएर आपूर्तिमा समस्या ल्यायो । त्यसैले अनावश्यक सञ्चय नगर्न पनि आग्रह गर्दछु ।’
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले कोरोना भाइरसका बेला उपभोक्ता हित र बजार अनुमगनको सुनिश्चितता महत्वपूर्ण रहेको बताए । सरकारले पनि चनाखो भएर बजार सन्तुलन कायम गर्न भूमिका खेलेको उनले बताए ।
उनले वस्तुको गुणस्तरीयता र उपभोक्ता हितका बिषयमा सवै नागरिक र उपभोक्ता पनि सचेत हुनुपर्ने बताए ।
विभागका पूर्व महानिर्देशक कृष्णहरी बास्कोटाले सरकारी कर्मचारीले नै उपभोक्ता हित र अनुगमन गर्ने बिषयमा खुट्टा कमाएमा उपभोक्ताको हितको सुनिश्चितता हुन नसक्ने बताए ।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले उपभोक्ता संरक्षणको बिषय निकै कमजोर बनेको बताए । ‘मैले गरेको काम उपभोक्तामैत्री छ कि छैन । त्यसतर्फ हामी सचेत हुनुपर्छ’ उनले भने, ‘तर, त्यसमा हाम्रो कमजोरी छ ।’
विश्व उपभोक्ता दिवशका अवसरमा १३ ओटा उपभोक्ता संस्था र सञ्चारकर्मीलाइ पुरस्कृत गरिएको थियो । समारोहका अवसरमा उपभोक्ता सचेतनासम्वन्धी भिडियो सन्देश, स्टिकर, बुलेटिन र पर्चा वितरण समेत गरिएको थियो ।