काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको दबाबपछि ठेक्का पाएका काका ससुरा डम्बरबहादुर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
प्राधिकरणका तत्कालीन एमडी घिसिङले दबाब दिएर सहन इन्जिनियरिङबाट पनि लेबर कन्ट्राक्ट गराएर आफ्ना कान्छा ससुरा बागमती प्रदेश सांसद डम्बर तामाङको प्रो–सोलुसन्सलाई दिलाएका थिए ।
चिलिमे–त्रिशुली २२० के।भी प्रसारण लाइन अन्तर्गतको चिलिमेको २२० केभीएको जिआईएस सव–स्टेशन र त्रिशुलीको २२० केभीएको हाइव्रिड सव–स्टेशन निर्माणको ठेक्का कात्तिक २०७४ मा चीनको पिगांओ ग्रुप अफ कम्पनीजले १ अर्ब ११ करोडमा पाएको थियो भने सव–कन्ट्रयाक्ट सहन इन्जिनियरिङ कन्सर्न प्रालिले पाएको थियो ।
त्यही भएर सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा हुन् ।बुद्धिमान भने घिसिङका आफ्नै ससुरा हुन् ।
सहन कन्स्ट्रक्सनले करिब ६६ करोड लगानी गरिसकेको थियो। त्यसमध्ये करिब ३८ करोड भुक्तानी पनि दिइसकको थियो। पिंगाओले सहनलाई पैसा भुक्तानी गरेपछि उसले तामाङको प्रो सोलुसन्सलाई दिनुपर्नेमा घिसिङको दबाबमा कामको रकम पिगांओ मार्फत सोझै प्रो– सोलुसन्सलाई दिइएको थियो।
तर, उसले सहन कन्स्ट्रक्सनलाई उसले पाउनुपर्ने रकम नदिएपपछि अदालतमा मुद्दा दायर गरेको थियो। यही विवादमा आपराधिक विश्वासघातको आरोपमा तामाङलगायत विरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतको भनाइ छ।
घिसिङ प्राधिकरणको एमडी हुँदा उनले दबाब दिएर आफ्ना काका ससुरा तामाङको कम्पनीलाई दिलाइदिएको सबस्टेसन निर्माणसम्बन्धी विवादमा तामाङलाई पक्राउ पुर्जी जारी भएको हो।
ललितपुर जिल्ला अदालतले ५ फागुन २०८१ मै पक्राउ पुर्जी जारी गरेकोमा त्यसविरुद्ध तामाङ लगायतले उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका थिए । उच्च अदालतले पनि गत ९ असारमा उनीहरुको निवेदन खारेज गरिदिएको छ ।