काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका ८ स्थानमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याउने भएको छ । उद्योग मन्त्रालयअन्र्तगतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत भक्तपुर, जावलाखेल, भाटभटेनी सुपर मार्केटसहितका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएको हो ।
कोरोना भाइरसको संकमको प्रभावले बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिन तथा सहज आपूर्तिका लागि सहुलियत पसल सञ्चालनमा ल्याइने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।
सहुलियत पसल सँग घुम्ती सेवा पनि सञ्चालनमा ल्याइने उनले बताए । सहुलियत पसल शुक्रबारबाट सञ्चालनमा ल्याइदैछ । केही सहुलियत पसल भने सञ्चालनकै अवस्थामा छन् ।
सहुलियत मुल्य पसलमा खासगरी कर्णालीको सिमी, फापरको पिँठो, अग्र्यानिक कृषिजन्य वस्तु, उपभोग्य वस्तु, मास्क, इन्डक्सन चुल्हो विक्रि गरिने छ ।
सरकारले ग्याँसको अभाव हुन थालेपछि विद्युतबाट चल्ने इन्डक्सन चुल्हो प्रयोग गर्न उपभोक्तालाइ आकर्षित गरेको छ । ४ हजार रुपैँयमा पाइने इन्डक्सन चुल्हो ६ हजार थान सरकार आफैंले विक्रि गर्नेछ ।
खाद्य कम्पनीबाहेक साल्ट्र ट्रेडिङले पनि सहुलियत पसल सञ्चालन गर्नेछ । साल्टले नुन, चिनी लगायतका सामान विक्रि गर्नेछ ।