काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले स्थानापकाल २०६६ देखि २०८१ अन्त्यसम्म कुल उजुरी संख्या ४००३ हजारमध्ये हालसम्म २१५० वटा उजुरी फर्छ्याेट बाँकी रहेको विवरण सार्वजनिक गरेको छ।
प्राप्त उजुरी फर्छ्याेट प्रतिशतका आधारमा ५३.७१ प्रतिशत सम्पन्न भएका छन्। हालसम्म विभागले उजुरीमध्ये १०१ माथि मुद्दा दायर गरेको जनाएको छ।
२०८१ असारसम्म विभागमा विचाराधीन उजुरीमध्ये अघिल्ला उजुरी, सूचनासँग मर्जसमेत गरी साउनमा कुल १६७३ उजुरी बाँकी कायम रहेकामा चालू आवको हालसम्ममा ५ थान मुद्दा अभियोजनका लागि विभिन्न जिल्ला सरकारी वकिल कार्यालयमा पठाइएकोमा २० थान मुद्दा विभिन्न जिल्ला अदालतमा दायर भएको विभागले जनाएको छ।
यीमध्ये ८० जना प्राकृतिक व्यक्ति र २१ वटा कानुनी व्यक्तिलाई प्रतिवादी बनाई उनीहरुविरुद्ध ७९ अर्ब १३ करोड विगो मागदावी गरिएको विभागको विवरण उल्लेख छ।
यस्तै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १५ को उपदफा (६) ले गरेको विद्यमान कानुनी व्यवस्थासमेतलाई दृष्टिगत सम्बद्ध कसुर नभएका, विभागको क्षेत्राधिकार आकर्षित नहुने प्रकृतिका एवं कसुर स्थापित हुने आधार र कारण नदेखिएका उजुरीसमेत गरी ८५५ थान उजुरी फर्छ्याेट गरिएको छ।
विभागको स्थापना भएयता १५ वर्षमा कुल १०१ थान मुद्दा दायर भएकामा करिब १४ अर्ब रुपैया बिगो मागदाबी रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा मात्र २० थान मुद्दा अभियोजन भएको छ, जसमा ८० जना प्रतिवादीविरुद्ध ७८ अर्ब रुपैयाभन्दा बढी बिगो मागदाबी गरिएको छ।
त्यस्तै, विगतका आर्थिक वर्षमा वार्षिक रुपमा बढीमा ५६० वटा उजुरी फर्छ्याेट भएकोमा यस आवमा ८८० थान (यस आवको सुरुमा विभागमा विचाराधीन उजुरीको करिब ५० प्रतिशत) उजुरी फर्छ्याेट भएका छन्।
२०८० चैत ३० पछि) विभागमा दर्ता भएका २८६ थान उजूरी÷सूचनामध्ये चालू आवको हालसम्म २५६ थान उजुरी स्क्रिनिङ्बाट अभिलेख, अन्य निकायमा पठाउने, विभागमा रहेको पूर्व उजूरीमा समावेश गर्ने गरी कायम भएका छन्।
यस्तो छ विवरण