काठमाडौं। गत आर्थिक वर्षमा नेपालबाट ५ लाख टन बढी सोयबिन तेल निकासी भएको छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा ५ लाख १० हजार ६३ टन सोयबिन तेल निर्यात गरिएको हो।
नेपालमा तेल उत्पादन गर्ने २७ वटा कम्पनी छन्। यी कम्पनीले नेपालमा उत्पादन भएका र आयात गरी भटमासबाट तेल उत्पादन गरी निर्यात गरेका हुन्। भटमासको तेल धेरै निर्यात गर्ने कम्पनीमध्ये आरएमसी फुड्स प्रालि अग्रस्थानमा छ। यस कम्पनीले कुल निर्यातको ८.४३ प्रतिशत बजार हिस्सा ओगट्दै ४३ हजार ४ सय ६७ टन तेल निकासी गरेको छ।
पशुपति खाद्य तेल उद्योगले ७.४७ प्रतिशत बजार हिस्सा ओगटेको छ। उक्त कम्पनीको ३८ हजार ७ सय २७ टन तेल निकासी भएको छ। भटमास तेल निर्यात गर्ने तेस्रोमा श्री शिव शक्ति घ्यू उद्योग छ। जसले ३६ हजार १ सय ६ टन तेल निर्यात गरी ७ प्रतिशत ८ प्रतिशत बजार हिस्सा ओगटेको छ।
यस्तै, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिले ६.१७ प्रतिशत निर्यात बजारको हिस्सा ओगटेको छ। यसले गत आर्थिक वर्षमा ३१ हजार ४८८ टन तेल निर्यात गरेको छ। स्वस्तिक आयल इन्डस्ट्रिज (प्रा.) लिले २९ हजार ७२२ टन तेल निर्यात गरेको छ। यसले ५.८३ प्रतिशत बजार हिस्सा ओगटेको छ।
भटमासको तेल धेरै निर्यात गर्ने कम्पनीमध्ये आरएमसी फुड्स प्रालि अग्रस्थानमा छ। यस कम्पनीले कुल निर्यातको ८.४३ प्रतिशत बजार हिस्सा ओगट्दै ४३ हजार ४ सय ६७ टन तेल निकासी गरेको छ।
गत आर्थिक वर्षमा सुशील वनस्पति (प्रा.लि. पर्सा)ले २८ हजार २१६ टन तेल निर्यात गरेको छ। यसले ५.५३ प्रतिशत निर्यात बजार ओगटेको छ। यस्तै, गणपति वनस्पतिले गत वर्ष २८ हजार २९ टन तेल निर्यात गरी ५.५० प्रतिशत बजार हिस्सा ओगटेको छ। ओसीबी फुड्स एन्ड फिड्स प्रालि ५.१६ प्रतिशत बजार ओगटेको छ। यसले २६ हजार ३१२ टन तेल उत्पादन गरेको छ। बाबा भेजिटेबल आयल इन्डस्ट्रिज प्रालिले २५ हजार ५५३ टन तेल निर्यात गरेको छ। यो प्रालिले ५.०१ प्रतिशत बजारको हिस्सा ओगटेको छ।
यस्तै, चार प्रतिशत बजार हिस्सा ओगटेका तीन वटा कम्पनी छन्। यी कम्पनीले गत वर्ष साढे २३ हजारदेखि साढे २४ हजार टन तेल निर्यात गरेका छन्। क्वालिटी आयल रिफाइनरी प्रालिले २४ हजार ७४९ टन तेल निर्यात गरेर ४.८५ प्रतिशत बजार हिस्सा ओगटेको छ।
नारायणी आयल रिफाइनरी उद्योगले २३ हजार ७६३ टन तेल निर्यात गरेको छ। यसले ४.६६ प्रतिशत बजार हिस्सा ओगटेको जनाएको छ। यस्तै, महालक्ष्मी सोलभेन्ट एन्ड रिफाइनरी प्रालिले २३ हजार ४२२ टन तेल निर्यात गरी ४.५९ प्रतिशत बजार हिस्सा ओगटेको छ।
नारायणी आयल रिफाइनरी उद्योगले २३ हजार ७६३ टन तेल निर्यात गरेको छ। यसले ४.६६ प्रतिशत बजार हिस्सा ओगटेको जनाएको छ।
गत वर्ष ३ प्रतिशत बजार हिस्सा ओगटेका एकवटा मात्रै कम्पनी छ। त्यो हो सिद्धि विनयाक आयल प्रालि। यसले गत वर्ष १५ हजार ६३६ टन तेल निर्यात गरेको थियो। यस्तै, २ प्रतिशत बजार हिस्सा ओगटेका ६ वटा भटमास तेल निर्यात कम्पनी छन्। ती हुन् श्रीकृष्ण आयल रिफाइनरी प्रालि, मारुती आयल इन्डस्ट्री प्रालि, जनकपुर रिफाइनरी प्रालि, नन्दन घि एन्ड आयल इन्डस्ट्री, बागमती आयल इन्डस्ट्रीज र श्री राम रिफाइन आयल प्रोडक्ट प्रालि। यी ६ कम्पनीले गत वर्ष साढे १३ हजारदेखि करिब १५ हजार भटमास तेल निर्यात गरेका छन्।
६ वटा कम्पनीले गत वर्ष ७ देखि १० टन भटमास तेल निर्यात गरी १ प्रतिशत बजार हिस्सा ओगटेका छन्। ती हुन् सनसाइन फुड्स प्रालि, कालिका रिफाइनरी प्रालि, एबीसी आयल इन्डस्ट्री प्रालि, सिद्धार्थ रिफाइनरी एन्ड सोलभेन्ट इन्डस्ट्री प्रालि, प्रोबायोटेक इन्डस्ट्री लि र एभरेस्ट सोलिभेन्ट प्रालि छन्।
यस्तै, ०.९९ प्रतिशत बजार हिस्सा सीजी आयल एन्ड डेरीभेटिभ प्रालि र ०.७३ प्रतिशत आरती भेजिटेबल प्रोडक्टस् प्रालिले बजार हिस्सा ओगटेको छ। यी दुई कम्पनीले ३ हजारदेखि ५ हजार टन गत वर्ष तेल निर्यात गरेका छन्।
भन्सार विभागका अनुसार गत वर्ष नेपालमा भटमास तथा भटमासको पिना ३ लाख १७ हजार ५०१ टन आयात गरिएको छ। सो वाफत २१ अर्ब १४ करोड ५२ लाख रुपैयाँको खर्च भएको छ। योबाट राज्यले १ अर्ब ५९ करोड ६८ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांक छ।