काठमाडौं। नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। एनएमएको हालै सम्पन्न निर्वाचनमा उनको समूहले अध्यक्षसहित अधिकांश पदमा जित हासिल गरेको हाे।
निर्वाचनको अन्तिम परिणामअनुसार शेर्पाले ३४२ मत ल्याएर आफ्ना प्रतिद्वन्द्वी कुलबहादुर गुरुङलाई हराएका छन्। गुरुङले २८८ मत प्राप्त गरेका थिए।
पदाधिकारीतर्फ, वरिष्ठ उपाध्यक्षमा इश्वरी पौडेल, द्वितीय उपाध्यक्षमा बोध राज भण्डारी, महासचिवमा राजेन्द्र बहादुर लामा र सचिवमा चन्दन थापा निर्वाचित भएका छन्।
यस्तै, प्रथम उपाध्यक्षमा भने मिङ्मा ग्याबो शेर्पा विजयी भएकी छन्। कोषाध्यक्षमा भने ङिमा नुर्बु शेर्पा र सुमी लामा दुवैले समान ३०४ मत पाएपछि गोलाप्रथाद्वारा आधा-आधा कार्यकालको सहमति भएको बताइएकाे छ।
त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएकाे निर्वाचन समितिले जनाएको छ।