काठमाडौं। सरकारले भुक्तानी प्रणाली खुल्ला भएको छ। जेनजी आन्दोलनका कारण पाँच दिन बन्द भएको भुक्तानी प्रणाली आज खुल्ला भएको हो। नयाँ सरकारले यस विषयमा खुल्ने निर्देशन भएपछि भुक्तानी प्रक्रिया सुरु भएको हो। महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी तथा उपमहालेखा नियन्त्रक ओम प्रसाद रिजालले आजैदेखि भुक्तानी दिने काम थालिसकेको बताएका छन्।
सरकारको भुक्तानी सुरु भएसँगै सरकारको ढुकुटीबाट तलब-भत्ता पाउने सबै कर्मचारीले दसैं अगाडि नै तलब-भत्ता पाउनुका साथै निमार्ण क्षेत्रले पनि भुक्तानी पाउने भएका छन्। अर्को निर्णय नआएसम्मका लागि मात्रै भुक्तानी प्रणाली बन्द गरिएको रिजालले बताएका छन्।
प्रणाली बन्द भएसँगै निमार्ण व्यवासायमा संलग्न २० लाख मजदुरको दसैं प्रभावित हुने देखिएको थियो। नेपाल निर्माण व्यवसायी महासंघले यस क्षेत्रमा २० लाख श्रमिक संलग्न रहेको दाबी गर्दै आएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारणले गर्दा महालेखा नियन्त्रक कार्यालयले भुक्तानी प्रणाली बन्द गरेको थियो। तर यो प्रणाली आजबाट खुल्ला भएको सँगै निमार्ण व्यावसायको रकम पनि भुक्तानी हुने भएको छ।
भुक्तानी रोकिँदा निर्माण क्षेत्रमा काम गर्ने मजदुर, आपूर्तिकर्ता र कारखाना सबै प्रभावित हुने हुँदा यसले समग्र आर्थिक प्रणालीमा समस्या ल्याउन सक्ने जोखिम बढेको थियो।
दसैं आउन दुई साता मात्रै बाँकी छ। सरकारको भुक्तानी प्रणाली बन्द हुँदा २० लाख श्रमिकको रकम पनि रोकिने देखिएको थियो। यसले गर्दा आउदो दसैं २० लाख मजदुरको दसैं खल्लो नहुने भएको छ।
हाल केही समयका लागि रोकिएको सरकारी भुक्तानी प्रणालीले अर्थतन्त्रको चक्रमा नकारात्मक असर पार्न सक्ने भन्दै निमार्ण व्यवसायले चिन्ता व्यक्त गरेका थिए। उनीहरूले भुक्तानी प्रणाली यथाशीघ्र सुरु गर्न सरकारलाई आग्रह गरेका थिए। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले दसैँ नजिकिँदै गर्दा भुक्तानी रोकिँदा यसको सीधा असर मजदुरको जीवनयापनमा पर्ने बताएका थिए। योसँगै बजारसमेत चलायमान हुन नसक्ने उनको तर्क थियो।
भुक्तानी रोकिँदा निर्माण क्षेत्रमा काम गर्ने मजदुर, आपूर्तिकर्ता र कारखाना सबै प्रभावित हुने हुँदा यसले समग्र आर्थिक प्रणालीमा समस्या ल्याउन सक्ने जोखिम बढेको थियो। लामो समयसम्म भुक्तानी रोकिएमा राजस्व संकलनमा समेत असर पर्न सक्ने देखिएको थियो। जसले सरकार सञ्चालनमा समेत समस्या ल्याउन सक्ने सिंह बताउँछन्।
अर्थतन्त्र चलायमान बनाउन र दसैंलाई ध्यानमा राख्दै सरकारले भुक्तानी प्रणालीलाई तत्काल सुरु गरिएको हो। निर्माण क्षेत्रमा आश्रित करिब २० लाख मजदुरको जीविका र दसैँलाई सहज हुने भएको छ। नेपालमा भदौ २३ र २४ गते भ्रष्टचारविरुद्ध जेनजी पुस्ता आन्दोलन गरेको थियो।