युएई। लामो समयसम्म विश्वको वित्तीय प्रणाली पश्चिमी शक्ति केन्द्र लन्डन र न्यूयोर्क, र पूर्वी शक्ति केन्द्र टोकियो र हङकङको बीचमा विभाजित थियो।
तर, ल्याटिन अमेरिका, मध्यपूर्व, उत्तरी अफ्रिका र दक्षिणपूर्वी एसियाजस्ता उदीयमान बजारको महत्त्व बढ्दै जाँदा लगानीकर्ता अब आफ्नो पुँजी राख्न नयाँ र सुरक्षित ठाउँ खोजिरहेका बेला पूर्व र पश्चिमलाई जोड्ने प्रमुख वित्तीय केन्द्र बन्न दुबई द्रुत गतिमा अघि बढेको छ।
उसले भर्खरै घोषणा गरेको ‘दुबई आर्थिक कार्यसूची’ को मुख्य लक्ष्य सन् २०३३ सम्म दुबईलाई विश्वका शीर्ष चार वित्तीय केन्द्रमध्ये एक बनाउने हो। यो महत्त्वाकांक्षी योजनाअन्तर्गत दुबईले प्रत्यक्ष वैदेशिक लगानी ६ खर्ब ५० अर्ब दिराम अर्थात १ खर्ब ७६ अर्ब अमेरिकी डलरभन्दा बढी पुर्याउने र वैदेशिक व्यापारलाई २५.६ ट्रिलियन दिराम अर्थात ९६.९ ट्रिलियन अमेरिकी डलरमा दोब्बर बनाउने लक्ष्य राखेको छ।
साथै, यस अवधिमा थप ४०० सहरलाई मुख्य व्यापारिक साझेदारको रुपमा जोड्ने योजना पनि छ। यो लक्ष्य यथार्थपरक किन देखिन्छ भने ग्लोबल फाइनान्सियल सेन्टर इन्डेक्स (जीएफसीआई) को तथ्यांकअनुसार १ हजार ३६० भन्दा बढी सहरमध्ये दुबईले १९औं स्थान हासिल गरेको छ।
लगानीकर्ताको बलियो विश्वास, अफ-प्लान क्षेत्रको वृद्धि र अन्तर्राष्ट्रिय खरिदकर्ताको निरन्तर रुचिका कारण दुबईको आवासीय बजार विश्वका सबैभन्दा गतिशील बजारमध्ये एक बनेको छ।
जर्मनीको फ्रयांकफर्ट (२०औं स्थान)लाई पछि पारेको छ। यसले यूएईजस्ता राष्ट्रको नेतृत्वमा विश्वव्यापी वित्तीय, राजनीतिक र आर्थिक क्षेत्रमा खाडी राष्ट्रको बढ्दो महत्त्वलाई दर्शाउँछ।
नाइट फ्राङ्कको ’हब रिपोर्ट’ अनुसार पछिल्लो एक दशकमा दुबईको वित्तीय र व्यापार सेवाक्षेत्र ५५.६ प्रतिशतले वृद्धि भएको छ, जुन सांघाई (११४.३ प्रतिशत) भन्दा मात्र कम हो। ’द राइज अफ द ग्लोबल फाइनान्सियल हब’को एक रिपोर्टअनुसार दुबईलाई न्यूयोर्क, लन्डन, पेरिस, सिंगापुर, हङकङ, सांघाई र सिड्नीजस्ता सात अन्य विश्वव्यापी सहरसँग तुलना गरिएको छ। यस रिपोर्टले दुबईलाई मान्यता प्राप्त विश्वव्यापी वित्तीय केन्द्रको रुपमा चिनाएको छ।

रिपोर्टमा उल्लेख गरिएअनुसार, दुबई इन्टरनेसनल फाइनान्सियल सेन्टर (डीआईएफसी) अन्तर्राष्ट्रिय वित्तीय केन्द्र वरीयतामा शीर्ष १० विश्वव्यापी वित्तीय केन्द्रमा पर्न सफल भएको हो।
सफलताको सूत्र
कम कर प्रणालीः रिपोर्टका अनुसार दुबईमा वित्तीय र तेल कम्पनीका लागि शून्य-कर वा न्यून कर दर छ। यूएई सूचीबद्ध सबै सहरमध्ये सबैभन्दा कम कर्पोरेट कर भएको मुलुक पनि हो।
सजिलो व्यापारिक वातावरणः विश्व बैंकको ’व्यापार गर्न सहजता’ सूचीमा १९० देशमध्ये यूएई २१औं स्थानमा रहेको छ। रिपोर्टका अनुसार दुबईमा नयाँ व्यवसाय सुरु गर्न औषतमा आठ दिन लाग्छ, जुन अमेरिका (६ दिन) र बेलायत (५ दिन) भन्दा थोरै बढी भए पनि हङकङको भन्दा चार गुणा कम हो।
रणनीतिक स्थान र व्यापारिक इतिहासः दुबईको इतिहास व्यापारमा आधारित छ। तर, पछिल्ला वर्षमा यसले परम्परागत बन्दरगाह व्यापारबाट अर्थव्यवस्थालाई विविधीकरण गर्दै क्षेत्रीय वित्तीय र व्यापारिक केन्द्रको रुपमा आफ्नो समृद्ध अवस्था कायम राखेको छ।
’फ्री जोन’ को अवधारणाः सन् १९८५ मा जेबेल अली फ्री जोन स्थापनासँगै दुबईमा ’फ्री जोन’ को अवधारणा सुरु भयो। यी विशेष क्षेत्रले परम्परागत व्यापार अवरोधलाई हटाएर र नोकरशाही नियमनलाई कम गरेर व्यवसाय सञ्चालन गर्न सहज बनाए।
दुबई सरकारको भिजन र उसले बनाएको फराकिलो सोचका कारण वित्त र प्रविधिको हब बन्दै भएको छ। ग्लोबल फाइनान्सियल सेन्टर्स इन्डेक्स, २०२४ का अनुसार दुबई मिडल इस्ट एन्ड नर्थ अमेरिका (मीना) क्षेत्रमा फिनटेकका लागि सबैभन्दा उच्च वरीयतामा रहेको सहर हो।
समयसँगै दुबईमा यस्ता फ्री जोनको संख्या ३४ पुगेको छ। यी क्षेत्रले ज्ञान, सिकाइ र सहकार्यका लागि रणनीतिक केन्द्रको भूमिका खेल्छन्। सबैभन्दा महत्त्वपूर्ण फ्री जोनभित्रका कम्पनीलाई कुनै स्थानीय इमिराती साझेदारको आवश्यकता पर्दैन र तिनले आफ्नो व्यवसायको शतप्रतिशत स्वामित्व लिन पाउँछन्। दुबई आफैँमा रणनीतिक स्थान भएकाले पूर्व र पश्चिमलाई जोड्छ। यसको सहज व्यावसायिक वातावरणले प्रमुख क्षेत्रीय वित्तीय र व्यापारिक केन्द्रको रुपमा स्थापित गर्न मद्दत गरेको छ।
लगानीकर्तालाई परम्परागत केन्द्रभन्दा दुबईजस्ता ठाउँमा आकर्षित गर्ने केही मुख्य कारण पनि छन्।
विश्वस्तरीय जीवनशैली र सफल सहर
जीएफसीआईका अनुुसार उदाहरणीय वित्तीय केन्द्र बन्न सबैभन्दा पहिले सफल सहर हुनुपर्छ।
दुबईको खाद्य परिकार विश्वकै उत्कृष्टमध्ये एक मानिन्छ। शिक्षातर्फ अन्तर्राष्ट्रिय विद्यालय र विश्वविद्यालयले विश्वस्तरीय शिक्षा प्रदान गर्छन्। त्यसैगरी स्वास्थ्य सेवा पनि उच्चस्तरीय छ, जहाँ प्रतिव्यक्ति डाक्टरको संख्या विश्वमै सबैभन्दा बढी छ।

पश्चिमी देशमा बढ्दो मुद्रास्फीतिको दबाबका बाबजुद दुबईका बासिन्दाले अन्य ठूला वित्तीय केन्द्रको तुलनामा कम खर्चिलो जीवनको आनन्द लिन्छन्। उदाहरणका लागि, यहाँको सम्पत्ति लन्डनको तुलनामा एक तिहाइ र हङकङको तुलनामा आठ भागको एक भाग मात्र पर्छ।
उदीयमान अवसर र रणनीतिक स्थान
वित्तीय केन्द्र महत्त्वपूर्ण बजारमा पहुँचका लागि मार्गको रुपमा स्थापना हुन्छन्। न्यूयोर्कले अमेरिकाको बजारका लागि, लन्डनले युरोपका लागि र हङकङले एसियाका लागि मार्ग खोल्छन्। संसारका प्रतिष्ठित कम्पनी तथा वित्तीय क्षेत्रले त्यहाँ लगानीको गर्नुको कारण स्वीट्जरल्यान्ड र सिंगापुरको बीचमा ‘आधा बाटा’मा पर्नु हो।
दुबईमा फस्टाइरहेको फिनटेक (वित्तीय प्रविधि) बजारको एक हिस्सा हो। यसले इड्रिसजस्ता संस्थापक, अन्तर्राष्ट्रिय व्यवसाय र नवीनतम अवसर खोजिरहेका लगानीकर्तालाई आकर्षित गरिरहेको छ।
युएईले मीना क्षेत्रमा ‘सुरक्षित र व्यापारमैत्री देश’ को रुपमा काम गर्यो, जसले उसलाई आफ्ना ग्राहकसँग नजिक ल्यायो। त्यस अलावा दुबईले लगानीकर्ताको विश्वास बढाउन धेरै लचिला लगानी नीति अपनाएको छ।
१) विदेशी लगानीकर्तालाई शतप्रतिशत स्वामित्व सुविधा
२) कम्पनीलाई थप स्वतन्त्रता प्रदान गर्न २५ वटा ‘फ्री जोन’ व्यवस्था
३) विश्वकै सबैभन्दा प्रतिस्पर्धी कर प्रणाली
४) मुद्रामा कुनै प्रतिबन्ध छैन र कमाएको पैसा लैजान निर्वाध सुविधा
५) सम्पत्ति शुद्धीकरण रोक्न कडा कानुन
६) दोहोरो कर प्रणालीबाट बच्न विस्तृत सन्धि सन्जाल।
७) लगानी सुरक्षा ग्यारेन्टीजस्ता प्रोत्साहन समावेश गर्ने लगानीकर्तामैत्री एफडीआई कानुन
नवीनता र स्थायित्वको केन्द्र
दुबई एक प्रमुख विश्वव्यापी रसद केन्द्र पनि हो, जसले अफ्रिका, ल्याटिन अमेरिका र दक्षिणपूर्वी एसियाका महत्त्वपूर्ण बजारमा प्रवेशद्वारका रुपमा काम गर्छ। यसका साथै, दुबई नयाँ र भविष्यका प्रविधिलाई अघि बढाइरहेको छ।

यसले विश्वको पहिलो भर्चुअल सम्पत्ति नियामक स्थापना गरेको छ। आधारभूत रुपमा धेरैजसो लगानीकर्ता जोखिमबाट बच्न चाहन्छन्। यही कारणले लन्डनजस्ता स्थापित केन्द्र आकर्षक थिए। तर, अहिले पश्चिम लगानीका लागि सबैभन्दा सुरक्षित ठाउँ नहुन सक्छ।
दुबई आफैँमा रणनीतिक स्थान भएकाले पूर्व र पश्चिमलाई जोड्छ। यसको सहज व्यावसायिक वातावरणले प्रमुख क्षेत्रीय वित्तीय र व्यापारिक केन्द्रको रुपमा स्थापित गर्न मद्दत गरेको छ।
कोभिड-१९ महामारीको समय युएईले आपूर्ति शृृंखलाको कुशल व्यवस्थापन र विश्वकै उत्कृष्ट खोप वितरणका कारण व्यापारका लागि खुला रहन सफल भयो। यो बढ्दो अराजक विश्वमा दुबईको लचिलोपनको एक प्रभावशाली उदाहरण हो।
दुबईमा फस्टाइरहेको फिनटेक (वित्तीय प्रविधि) बजारको एक हिस्सा हो। यसले इड्रिसजस्ता संस्थापक, अन्तर्राष्ट्रिय व्यवसाय र नवीनतम अवसर खोजिरहेका लगानीकर्तालाई आकर्षित गरिरहेको छ। सन् २०२३ मा विश्वव्यापी रुपमा यस क्षेत्रको लगानी ४८ प्रतिशतले घट्दा यूएईमा भने यो ९२ प्रतिशतले बढेको थियो।
दुबई सरकारको भिजन र उसले बनाएको फराकिलो सोचका कारण वित्त र प्रविधिको हब बन्दै भएको छ। ग्लोबल फाइनान्सियल सेन्टर्स इन्डेक्स, २०२४ का अनुसार दुबई मिडल इस्ट एन्ड नर्थ अमेरिका (मीना) क्षेत्रमा फिनटेकका लागि सबैभन्दा उच्च वरीयतामा रहेको सहर हो।
दुबई इन्टरनेसनल फाइनान्सियल सेन्टरमा मात्रै १ हजारभन्दा बढी फिनटेक व्यवसाय रहेका छन्। यस क्षेत्रको अग्रणी वित्तीय केन्द्रले दुबईको कुल गार्हस्थ उत्पादनको ६ प्रतिशत हिस्सा ओगटेको छ। यसलाई सन् २०३० सम्म दोब्बर बनाउने लक्ष्य राखिएको छ। यस सफलतामा फिनटेकले ठूलो भूमिका खेलेको छ।
दुबईको यो सफलताले बृहत् आर्थिक लक्ष्यसँग मेल खान्छ। दुबई आर्थिक कार्यसूची २०३३ को उद्देश्य सन् २०३३ सम्म दुबईलाई विश्वको शीर्ष चार वित्तीय केन्द्र बनाएर डिजिटल रुपान्तरणबाट वार्षिक २७ अर्ब डलर कमाउने लक्ष्य राखिएको छ। यहाँको सरकार आफैं ९९.५ प्रतिशत डिजिटलकृत भइसकेको छ, जसमा ब्लकचेनले महत्त्वपूर्ण भूमिका खेलेको छ।

ठूलो मात्राको डिजिटलीकरणलाई विश्वको सबैभन्दा छिटो इन्टरनेट गति भएको बलियो पूर्वाधारले सम्भव बनाएको छ, जसले विश्वस्तरीय डेटा सेन्टर र क्लाउड पूर्वाधार निर्माणमा जोड दिन्छ। सरकारको पूर्ण समर्थन र उच्चस्तरीय पूर्वाधार फिनटेकका लागि ठोस आधार हुन्। तर, यसका साथै यहाँको क्लस्टर प्रभाव र दूरदर्शी नियामक पनि उत्तिकै महत्त्वपूर्ण छन्।
दुबईमा नियमित रुपमा फिनटेक समिटजस्ता कार्यक्रम आयोजना हुन्छन्, जसले एक सय बढी देशका ८ हजार बढी उच्च तहका कार्यकारीलाई आकर्षित गरिन्छ।
’द राइज अफ द ग्लोबल फाइनान्सियल हब’को एक रिपोर्टअनुसार दुबईलाई न्यूयोर्क, लन्डन, पेरिस, सिंगापुर, हङकङ, सांघाई र सिड्नीजस्ता सात अन्य विश्वव्यापी सहरसँग तुलना गरिएको छ। यस रिपोर्टले दुबईलाई मान्यता प्राप्त विश्वव्यापी वित्तीय केन्द्रको रुपमा चिनाएको छ।
डीआईएफसीमा बस्दा नियामकसँग सीधा सम्पर्क स्थापित हुन्छ। डीआईएफसीले इनोभेसन टेस्टिङ लाइसेन्स प्राप्त ग¥यो र अहिले दुबई फाइनान्सियल सर्भिसेस अथोरिटीद्वारा पर्यवेक्षण गरिएको ’स्यान्डबक्स’ मा रहेको छ। यसले डीआईएफसीभित्रका वित्तीय संस्थाको निरीक्षण गर्छ।
जहाँ फिनटेक विकास गर्न जान्छन्
पहिलेदेखि नै प्रविधि र वित्तमैत्री सहर भएकाले दुबई फिनटेकका लागि प्राकृतिक रुपमा उपयुक्त थियो। तर, यसको बलियो समर्थन र रणनीतिक लगानीले यस क्षेत्रको विकासका लागि साँच्चै एक घरको निर्माण गरेको छ।
दुबईको रियलस्टेट व्यवसायमा छलाङ
दुबईको घरजग्गा बजारले सन् २०२५ को दोस्रो त्रैमासिकमा बिक्री मात्रा, सम्पत्तिको मूल्य र नयाँ परियोजना सुरुआतमा कीर्तिमान् कायम गर्दै इतिहास रचेको छ। लगानीकर्ताको बलियो विश्वास, अफ-प्लान क्षेत्रको वृद्धि र अन्तर्राष्ट्रिय खरिदकर्ताको निरन्तर रुचिका कारण दुबईको आवासीय बजार विश्वका सबैभन्दा गतिशील बजारमध्ये एक बनेको छ।
महत्त्वाकांक्षी योजनाअन्तर्गत दुबईले प्रत्यक्ष वैदेशिक लगानी ६ खर्ब ५० अर्ब दिराम अर्थात १ खर्ब ७६ अर्ब अमेरिकी डलरभन्दा बढी पुर्याउने र वैदेशिक व्यापारलाई २५.६ ट्रिलियन दिराम अर्थात ९६.९ ट्रिलियन अमेरिकी डलरमा दोब्बर बनाउने लक्ष्य राखेको छ।
यो त्रैमासिकमा मात्रै दुबईमा १ खर्ब ७० अर्ब दिरामको कुल मूल्यसहित ५० हजार ५९३ सम्पत्ति कारोबार दर्ता भएका छन्। यो अघिल्लो त्रैमासिकको तुलनामा कारोबारको तुलनामा १५ प्रतिशत र मूल्यमा २७ प्रतिशतको वृद्धि हो। सहरभरि प्रतिवर्गफिटको औषत मूल्य १ हजार ७ सय ९३ दिराम पुगेको छ, जसमा पाम जुमेराहको ईओएमई समुदायमा रहेको एउटा ६ शयनकक्षको भिल्ला ३०० मिलियन दिराममा बिक्री भएको उल्लेखनीय कारोबार पनि समावेश छ।
अफ-प्लान सम्पत्तिको वर्चस्व
यस त्रैमासिकको कारोबारमा अफ-प्लान सम्पत्ति हाबी रहे। यसले सबै आवासीय कारोबारको ५९ प्रतिशत हिस्सा ओगटेको छ। कुल २९ हजार ६ सय ११ अफ-प्लान बिक्री दर्ता गरियो, जसबाट ६७.८ अर्ब दिरामभन्दा बढी राजस्व प्राप्त भयो।
अफ-प्लान घरले प्रतिवर्गफिट औषत १ हजार ९ सय ८३ दिरामको उच्च मूल्यमा कारोबार गरे, जबकि तयार सम्पत्तिको औषत मूल्य १ हजार ६ सय दिराम प्रतिवर्गफिट थियो। यसले नयाँ, राम्रो डिजाइन र ऊर्जा-कुशल विकासमा बढ्दो खरिदकर्ताको रुचिलाई देखाउँछ।
तयार सम्पत्ति बजार अझै बलियो
अफ-प्लान बिक्रीको वर्चस्वका बाबजुद दोस्रो बजार (तयार सम्पत्ति) ले पनि असाधारण प्रदर्शन गर्यो। १०२.७ अर्ब दिराम मूल्य बराबरको २० हजार ९८२ कारोबार सहित, दुबई मरिना, बिजनेस बे एवं जुमेराहजस्ता स्थापित समुदाय अन्तिम प्रयोगकर्ता र लगानीकर्ता दुवैका लागि आकर्षक रहे।
अपार्टमेन्ट बिक्रीमा अग्रस्थानमा
सबै बिक्रीको ७८ प्रतिशत अपार्टमेन्ट थिए, जसको औषत मूल्य १ हजार ८९६ दिराम थियो। भिल्ला र टाउनहाउसले १९ प्रतिशत हिस्सा ओगटे, जसको मूल्य लगभग १ हजार ५ सय १८ दिराम थियो।
दुबईको आवासीय बजारको गति अतुलनीय छ। कीर्तिमानी बिक्री, बढ्दो भाडा गतिविधि र मुख्य समुदायमा रणनीतिक विकासको साथ यो सहरले आफूलाई विश्वव्यापी घरजग्गा बजारको शक्तिगृहको रुपमा निरन्तर स्थापित गरिरहेको छ।