काठमाडौँ । किंग्स कलेजले ‘इम्ब्रेसि¨ग द क्यावस’ शिर्षकको अन्तराष्ट्रिय भर्चुअल कन्फ्रेन्स आयोजना गरेको छ । विभिन्न राष्ट्रका प्राद्यापक तथा शिक्षक, नेपाली उद्यमी, विद्यार्थी, विद्यालयका नेतृत्वकर्ता तथा शिक्षा क्षेत्रमा चासो राख्ने करिब ८५ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय सहभागीहरुको सहभागीतामा शुक्रबार बिहान ७ देखि ११ः३० सम्म चलेको भर्चुअल कन्फ्रेन्स नेपालकै पहिलो हो ।
कोरोना भाइरसको कारण राष्ट्रहरुले बन्दाबन्दी (लकडाउन) को घोषणा गरेसँगै शैक्षिक संस्थाहरुले अनलाईन कक्षा संचालन गरिरहेको परिप्रेक्षमा अनलाईन कक्षा सम्बन्धी अन्तराष्ट्रिय जगतको अनुभव, शिकाइ, विश्लेषण, सफल अभ्यास तथा अनुसन्धानमाथि छलफल भएको थियो । “अनलाईन कक्षाको सम्भावना तथा सिमितता, गुणदोषलगायतबारे विश्लेषण गर्दै शिक्षण संस्थाहरुले यसका लागि आफूलाई कसरी तैयारी राख्न सक्छन् भन्ने विषयको अन्वेषण पनि यसको लक्ष्य रहेको थियो,” अन्तराष्ट्रिय भर्चुअल कन्फ्रेन्सको संयोजक तथा कलेजका प्राचार्य उद्गम खड्काले बताए ।
अनलाईन शिकाइ, चुनौती अवसार, अनलाईन शिक्षाको शिक्षण विधी, अनलाईन शिक्षाको लागि प्रविधीको एकिकरण र विश्वमहारीको समयको शिक्षण विधीलगायत मुख्य विषयबस्तु रहेको सो कन्फ्रेन्स जुम प्ल्याटफर्म मार्फत संचालन गरिएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणी पोखरेलको अनलाईन सहभागीता रहेको सो कन्फ्रेन्स्मा बेन्ट्ले विश्वविद्यालयका प्राद्यापक तथा हाबार्ड विश्वविद्यालयका अतिथी प्राद्यापक बिल सियानो प्रमुख वक्ताको रुपमा उपस्थित भएका थिए ।
अनलाईन शिक्षालाई अंगिकार गर्नु परेता पनि विभिन्न पक्षबाट हेर्दा यो जटिल देखिएको आजको परिप्रेक्षमा अनलाईन शिकाइसम्बन्धमा संचालित यस भर्चुअल कन्फ्रेन्स नेपालको समग्र शिक्षा क्षेत्रको लागि उपयोगीहुने मन्त्री पोखरेलले बताए ।
कोरोना भाइरसको महामारीपूर्व नै नेपालको शिक्षालाई दूर शिक्षा वा अनलाईन शिक्षामा लैजान सरकारीस्तरबाट विभिन्न पहल भइसेकेको बताउँदै उनले अनलाईन कक्षालाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउनुपर्नेमा जोड दिए ।
“कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई अध्ययनगर्न हामीले एउटा समिति गठन गरिसकिएका छांै,”उनले भने “सो समितिले गरेको अध्ययनको निश्कर्षको आधारमाशिक्षा क्षेत्रको भविष्यको दिशा तय गरिनेछ ।”
किंग्स कलेजकाकार्यकारी निर्देशक नरोत्तम अर्यालले कन्फ्रेन्सलाई सम्बोधन गर्दै अहिलेको संकटको घडीमा सरकारी वा नीजि क्षेत्र भनेर बस्नुभन्दा पनि एक अर्कास“ग सहकार्य र समन्वय गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
उनका अनुसार शिक्षकहरु आफैमा सामाजिक अगुवा भएकाले आजको अनिश्चिताको समयमा समुदायमा आशा र सकारात्मक विचारको संचारमा उनीहरुको ठूलो भूमिका रहन्छ ।