चौधरी फाउन्डेसनले कोरोनाभाइरस रोकथाम र उपचारका लागि तीन चरणमा मुलुकभरका ११९ स्थानमा सुरक्षा र उपचार सामग्री वितरण गरेको छ ।
पूर्वाधार अभाव भएका कर्णाली, सुदूरपश्चिम र २ नम्बर प्रदेशका विकट स्थानमा कोरोना संक्रमणको जोखिम उच्च रहे पछि सो सामग्री वितरण गरेको चौधरी ग्रुपले जनाएको छ ।
यी क्षेत्रमा भारतबाट आएको ठूलो जनसंख्या बसोबास गर्दछ । ती प्रदेशका स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षा अवस्था कमजोर थियो । उनीहरुको आत्मबल बलियो बनाउनुपर्ने आवश्यकता थियो ।
त्यही भएर पहिलो चरणमा तत्काल पूर्वदेखि पश्चिमका ४८ वटा स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका लागि सक्दो उपचार सामग्री र पीपीई उपलब्ध गराइएको हो ।
प्रदेश नम्बर १ अन्तर्गत अस्थायी कोरोना सेन्टर (विराटनगर), मेची अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, उदयपुर जिल्ला अस्पताल, कोशी अस्पताललगायत स्थानमा यी सामग्री बाँड्को ग्रुपले जनाएको छ ।
त्यस्तै, प्रदेश नम्बर २ का जानकी मेडिकल अस्पताल (जनकपुर), प्रादेशिक केन्द्र अस्पताल (जनकपुर), स्वाब परीक्षण प्रयोगशाला (जनकपुर), नारायणी अस्पताल (वीरगन्ज), कौडेना स्वास्थ्य केन्द्र (सर्लाही) मलंगवा अस्पताल (सर्लाही), राजबिराज अस्पताललगायत स्थानमा पनि सुरक्षा सामग्री वितरण गरिएको हो ।
त्यसैगरी प्रदेश नम्बर ३ का कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, मनमोहन मेमोरियल हस्पिटल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइती नेपाल, कोरोना उपचार केन्द्र (भक्तपुर), चितवन अस्पताल, हेटौंडा अस्पताल, सशस्त्र प्रहरी बल मुख्यालय, शिर अस्पताल (काभ्रे) लगायत स्वास्थ्य संस्थामा पीपीई उपलब्ध गराएको हो ।
त्यस्तै, प्रदेश ४ अन्तर्गत नलवपरासीका मध्यबिन्दु अस्पताल, दुम्कौली स्वास्थ्य चौकी, पिताउन्जी स्वास्थ्य केन्द्र, प्रगतिनगर स्वास्थ्य केन्द्र र सहज अस्पताल, पोखराको मातृशिशु मितेरी अस्पताल, पर्वतरबागलुङरगोरखा जिल्ला अस्पताललगायत स्थान पुगेर सुरक्षा सामग्री वितरण गरिएको हो ।
प्रदेश नम्बर ५ का भीम अस्पताल (भैरहवा), लुम्बिनी प्रादेशिक अस्पताल (रुपन्देही) आयुर्वेद अस्पताल (दाङ), प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज), पाल्पा जिल्ला अस्पताल, रेउघा अस्पताल (रोल्पा), बर्दिया जिल्ला अस्पताल, देवदह क्वारेन्टिन सेन्टर (रुपन्देही), सहस्त्र प्रहरी अस्पताल (कोहलपुर) लगायत स्वास्थ्य केन्द्रमा पनि यी सामग्री उपलब्ध गराइएको ग्रुपले जनाएको छ ।
दोस्रो चरणको सबैभन्दा ठूलो चुनौती थियो–– परीक्षण किटको । विभिन्न क्वारेन्टिन, आइसोलेसन सेन्टरमा बसिरहेका र कोरोनाका लक्षण देखिएका नागिरकलाई तत्काल परीक्षण गरी उपचार नथाल्ने हो भने विकराल रुप लिन सक्ने सम्भावना थियो । चौधरीले गरेको सर्वेक्षण अनुसार मुलुकभर दुईवटा केन्द्रमा मात्रै ‘पीसीआर रिएजेन्ट’ मार्फत परीक्षण सम्भव थियो ।
त्यसमाथि ती केन्द्रको क्षमता अत्यन्त न्यून थियो । ‘पीसीआर रिएजेन्ट’ उपलब्ध थिएन । साथै, एन–९५ मास्कको अभाव पनि उत्तिकै थियो । त्यसपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई १ हजार ‘पीसीआर रिएजेन्ट’ उपलब्ध गराइएको चौधरी ग्रुपले जनाएको छ ।
तेस्रो चरणअन्तर्गत अतिसंवेदनशील कर्णाली, सुदूरपश्चिम र प्रदेश नं. २ मा ध्यान केन्द्रित गर्यौं । सुदूरपश्चिम प्रदेशका सेती अस्पताल, डडेलधुरा र दार्चुला र बैतडी जिल्ला अस्पताल, महाकाली नगरपालिकालगायत तथा कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक अस्पताल (सुर्खेत), चौरजहारी अस्पताल (पश्चिम रुकुम)लगायत अन्य स्थानमा उपचार र सुरक्षा सामग्री उपलब्ध गरायौं । प्रदेश नम्बर २ का जनकपुर, वीरगन्ज, सप्तरी, महोत्तरी, रौतहट, सर्लाही, सिरहा लगायत जिल्लाका अस्पताल तथा अन्य स्वास्थ्य केन्द्रमा पनि यी सामग्री हस्तान्तरण गरेको ग्रुपले जनाएको छ । तेस्रो चरणसम्म आइपुग्दा सामग्री वितरण गरेका स्वास्थ्य केन्द्रको संख्या ११९ पुगेको छ ।