काठमाडौं । ठासेलपे सेवाले लकडाउनमा ग्राहकको सुविधाको लागि सेवाहरु थप गरेको छ । जस अन्तर्गत ग्राहकहरुले अब सजिलै सेलपे मोबाईल वा वेब एप्लीकेशनप्रयोग गरी सेलपेसँग आबद्ध बिमा कम्पनीको प्रिमियम भुक्तानी र स्याकार इन्भेस्ट्मेण्ट कम्पनीका इएमआई चुक्तानी गर्नसक्नेछन् । त्यस्तै ग्राहकले आफुले पठाएको रकम सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको नेपालभरीका जुनसुकै रेमिटेन्स एजेण्ट कहांबाट प्राप्त गर्ने सक्ने छन् ।
हालविश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरेको छ । सेलपेले यस अवस्थामा थप सेवा र सुबिधाले सेलपेका ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्नको साथै आफ्नो आवश्यक रकम भुक्तानीका कामहरु गर्न पनि सहजता पुर्याउनेछ ।
सेलपेका ग्राहकहरुले यस थप सेवाहरुको फाईदा लिनको लागि आफ्नो सेलपे एप्पमा गई हालै नयाँ थपिएका आइकन इएमआइ र इन्सुरेन्समा क्लिक गरी आफ्नो आवश्यकताअनुसार सेलपेसँग आबद्ध भएका कम्पनीको लोगो छनौट गरी सजिलै रकम भुक्तानी गर्न सक्नेछन् ।
यसका साथै देशभित्र कुनै पनी ठाउँमा सजिलै पैसा पठाउनका लागि ग्राहकहरुले रेमिट्यान्स आइकनमा क्लिक गरी आफ्नो इच्छा अनुरुपसिटी एक्स्प्रेस मनी ट्रान्स्फर एजेन्ट छनौट गरे पश्चात पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् ।
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुलभुक्तानी, विभिन्नपसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनीट्रान्सफर सेवा लिन सकिन्छ ।