काठमाडौं। नेपालबाट मलेसिया राेजगारमा जाने कामदारलाई सिन्डिकेट शैलीमा सीमित म्यानपावरबाट पठाउन मिल्ने गरी मलेसिया सरकारले मापदण्ड बनाएपछि नेपालमा विरोध भएको छ। विरोध भएपछि नेपालका एक दर्जन म्यानपावर व्यवसायी सिन्डिकेट लगाउन खोज्ने बंगलादेशी नागरिक अमिनलाई भेट्न मलेसियामा पुगेका छन्।
मलेसियाको रोजगारमा सीमित म्यानपावरमा पर्न पहिला नै हुन्डीमार्फत अमिनलाई कमिशन बुझाएका व्यवसायीहरुले नयाँ अमिनसँगको भेटमा नयाँ रणनीति बनाउन मलेसिया पुगेको मलेसियास्थित नेपाली व्यवसायीले क्यापिटल नेपाललाई जानकारी दिए।
क्यापिटल नेपालको सम्पर्कमा आएका एक म्यानपावर व्यवसायीले काम गर्दा सिन्डिकेट पक्षधर भइने, नगर्दा बुझाएको रकम फस्ने भएकाले छलफलका लागि मलेसिया पुगेको स्वीकारे।
मलेसियाले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डले नेपाली कामदार र व्यवसायीमा असर पार्ने संकेत देखिएपछि प्रधानमन्त्री सुशीला कार्की स्वयं सक्रिय भएकी थिइन्। उनले श्रम मन्त्रालयका सचिवलाई आवश्यक अध्ययन र कूटनीतिक पहल गर्न निर्देशनसमेत दिएकी थिइन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्कीले परराष्ट्र, अर्थ र श्रम मन्त्रालयबीच समन्वय गरी नेपालका हित र मलेसियाको चासो दुवै सम्बोधन हुने गरी समाधान खोज्ने तयारीमा लाग्न निर्देशन दिएपछि म्यानपावर व्यवसायीहरु मलेसिया पुगेका हुन्।
यसका लागि म्यानपावर व्यवसायीले सुरुमै बंगलादेशी नागरिक अमिनलाई ५० लाखदेखि १ करोडसम्म कमिशन बुझाएको व्यवसायीहरु बताउँछन् ।
हाल नेपालमा दर्ता भएका करिब १२०० वैदेशिक रोजगार व्यवसायीमध्ये झन्डै ९०० कम्पनी मलेसियामुखी रोजगार व्यवसायमा निर्भर छन्। तर, मलेसियाको नयाँ मापदण्डले करिब एक दर्जन ठूला कम्पनीलाई मात्र कामदार पठाउने अनुमति दिने व्यवस्था गरेको थियो।
यसका लागि म्यानपावर व्यवसायीले सुरुमै बंगलादेशी नागरिक अमिनलाई ५० लाखदेखि १ करोडसम्म कमिशन बुझाएको व्यवसायीहरु बताउँछन् ।
मलेसियास्थित विवादास्पद कम्पनी बेस्टिनेट एसडिन बीएचडीका संस्थापक अमिनले कामदार लैजानेदेखि मेडिकल गराउने, भिसा लगाउनेदेखि पासपोर्ट संकलनसम्मको काम विभिन्न मुलुकमा सिण्डिकेट शैलीमा गर्दै आएका छन्।
उनले नेपालमा करिब १० वर्षदेखि मलेसियाको रोजगारीमा कनेक्सन गर्दै ठूलो कमिशन उठाउँदै आएका छन्। उनकै योजनाअनुसार केही वर्षअघि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि सीमित स्वास्थ्य संस्थालाई मात्र जिम्मा दिइयो।
यसले सिण्डिकेट सिर्जना गर्यो र कामदारले महँगोमा स्वास्थ्य परीक्षण गर्न बाध्य भए। आलोचना भए पनि यो लागू भएरै छाड्यो। अहिले उनै अमिनले फेरि मलेसिया पठाउने म्यानपावर कम्पनीलाई सिमित राख्दै अर्को सिण्डिकेटको तयारी गरिरहेका छन्।
सिन्डिकेट लागू भए यसले साना व्यवसायीहरूलाई संकटमा पार्ने र हजारौं कामदारका अवसर सिमित हुने चिन्ता बढेको छ।
धेरै म्यानपावर व्यवसायीले यसको विरोध गरिरहेका भए पनि केहीले भने उनीसँग र उनको एजेन्टसँग एक्लाएक्लै भेट गर्दै डिल गरिरहेको बताइएको छ।
सिन्डिकेट लागू भए यसले साना व्यवसायीहरूलाई संकटमा पार्ने र हजारौं कामदारका अवसर सिमित हुने चिन्ता बढेको छ। प्रधानमन्त्री कार्कीले नेपालका ऐन, कानून र दुई देशबीचको श्रम सम्झौता मध्यनजर गर्दै छिटो समाधान निकाल्ने प्रतिबद्धता जनाएकी छन्।
उनकी प्रेस संयोजक रामवहादुर रावलका अनुसार, प्रधानमन्त्रीले ‘नेपालका कामदार सुरक्षित, व्यवसाय स्थिर र सम्बन्ध सुदृढ हुनेगरी’ आवश्यक कूटनीतिक पहल अघि बढाउने तयारी गरेकी छन्।