काठमाडौं। बंगलादेशको लेखापरीक्षण फर्म हाउल्याडर युनुस एन्ड कम्पनीले नेपालका १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यूको स्थलगत निरीक्षण सम्पन्न गरेको छ। भदौ अन्त्यबाट काम सुरु गरेको सुरु गरेको हाउल्याडरले छठपछि १० वटा बैंकमा स्थलगत निरीक्षण थालेको थियो।
हाउल्याडर युनुस एन्ड कम्पनीका लेखापरीक्षकले स्थलगत निरीक्षण पूरा गरेपछि १० वाणिज्य बैंकको प्रतिवेदन लेखन सुरु गर्नेछन्।
१० बैंकको स्थल निरीक्षणमा नियामक राष्ट्र बैंकका २ जना, हाउल्याडर युनुसका हरेक २ जना गरी ४ जनाको विशेष टोलीले १० बैंकमा पुगेर तीन सातामा निरीक्षण गरेको हो। निरीक्षण सम्पन्नसँगै अबको २ देखि ३ सातामा प्रतिवेदन बुझाउने गरी काम हुने राष्ट्र बैंक अधिकारीले बताएका छन्।
सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा सम्झौता सर्तअनुसार १० वटा ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्नुपर्ने उल्लेख थियो।
सोही सर्त अनुसार केन्द्रीय बैंकले खरिद प्रक्रियाबाट बंगलादेशको लेखापरीक्षण फर्म हाउल्याडर युनुस एन्ड कम्पनी छनोट गरी लोन पोर्टफोलियो रिभ्यु सुरु गरेको थियो।
२०८१ चैतको वासलताका आधारमा धेरै कर्जा लगानी रहेका १० ठूला बैंक कुमारी, लक्ष्मी सन्राइज, प्रभु, हिमालयन, एनएमबी, ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य र एनआईसी एसिया बैंक लोन फोर्टफोलियो रिभ्यूका लागि छनोट भएका थिए।