काठमाडौं। बिमा कम्पनीहरुले चालू आर्थिक वर्षको जेठसम्म विभिन्न बिमालेख (पोलिसी) बेचेर १ खर्ब ७७ अर्ब ६५ करोड ५० लाख बिमाशुल्क संकलन गरेको विवरण नेपाल बिमा प्राधिकरणले सार्वजनिक छ।
सबभन्दा धेरै सावधिक जीवन बिमा पोलिसीबाट ७१ अर्ब ६० करोड ६१ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको छ भने अग्रिम भुक्तानी सावधिक जीवन बिमा पोलिसीबाट ३३ अर्ब ३६ करोड ४७ लाख बिमाशुल्क आर्जन भएको छ।
रुपान्तरण सावधिक जीवन बिमा पोलिसीबाट २० अर्ब ७९ करोड ३१ लाख, बालबच्चासम्बन्धी सावधिक जीवन बिमा पोलिसीबाट २९ अर्ब ३२ करोड १७ लाख र वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसीबाट ३ अर्ब ८ करोड २८ लाख बिमाशुल्क संकलन भएको छ।
आजीवन जीवन बिमा पोलिसीबाट ३ अर्ब ९२ करोड २२ लाख, एकल बिमाशुल्क जीवन बिमाबाट ७ अर्ब ५८ करोड ६४ लाख, म्यादी जीवन बिमाबाट १ अर्ब ६२ करोड ३६ लाख, लघु जीवन बिमाबाट ३ अर्ब ८ करोड ११ लाख रुपैयाँ र अन्य जीवन बीमाबाट ३ अर्ब २७ करोड ३० लाख बिमाशुल्क आर्जन भएको छ।
जीवन बिमा कम्पनीले चालू आवको जेठसम्म २२ लाख ४९ हजार १२८ वटा सावधिक जीवन बिमा पोलिसी, ४ लाख ६४ हजार ३६८ अग्रिम भुक्तानी सावधिक जीवन बिमा पोलिसी, ६ लाख १२ हजार ६८५ वटा रुपान्तरित सावधिक जीवन बिमा पोलिसी बिक्री गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
बालबच्चासम्बन्धी ११ लाख ११ हजार ७०९ पोलिसी, वैदेशिक रोजगारसम्बन्धी २४ लाख १० हजार ८७१ पोलिसी, आजीवनसम्बन्धी १ लाख ६९ हजार ५१५ पोलिसी, एकल बिमाशुल्कसम्बन्धी १ लाख १६ हजार ४२४ पोलिसी, म्यादी जीवन बिमासम्बन्धी ३४ लाख ९४ हजार २३२ पोलिसी, लघु जीवन बिमासम्बन्धी ५९ लाख २ हजार ३१६ पोलिसी र अन्य जीवन बिमासम्बन्धी १ लाख २४ हजार २३५ वटा बिमा पोलिसी बिक्री भएका छन्।