काठमाडौं। १४ जीवन बिमा कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)सम्म विभिन्न क्षेत्रमा पौने ७ खर्ब रुपैयाँ बढी लगानी गरेको नेपाल बिमा प्राधिकरणबाट सार्वजनिक तथ्यांकमा उल्लेख छ। १४ वटा जीवन बिमा कम्पनीले यस अवधिमा विविध क्षेत्रमा ७ खर्ब ८९ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ लगानी गरेका हुन्।
यीमध्ये नेपाल लाइफले मात्रै २ खर्ब २ अर्ब ५८ लाख रुपैयाँ लगानी गरेको छ। यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले विभिन्न क्षेत्रमा १ खर्ब १९ अर्ब ५७ करोड ७२ लाख लगानी गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
यस्तै, समीक्षा अवधिसम्म हिमालयन लाइफले ८२ अर्ब १ करोड ८१ लाख, नेसनल लाइफले ७० अर्ब ६२ करोड १५ लाख, राष्ट्रिय बिमा कम्पनीले ६६ अर्ब ९१ लाख, एसियन लाइफले ४९ अर्ब २३ करोड ९७ लाख रुपैयाँ लगानी गरेका छन्।
प्राधिकरणका अनुसार सूर्यज्योति लाइफले ४३ अर्ब ६४ करोड १७ लाख, मेट लाइफले ३२ अर्ब ९३ करोड ५ लाख, सिटिजन लाइफले २६ अर्ब ५१ करोड ७ लाख, सानिमा रिलायन्स लाइफले २३ अर्ब ७९ करोड १६ लाख, रिलायबल नेपाल लाइफले २० अर्ब ६९ करोड ६० लाख, आइएमई लाइफले १९ अर्ब २२ करोड १६ लाख, प्रभु महालक्ष्मी लाइफले १८ अर्ब १० करोड ३३ लाख र सन नेपाल लाइफले १५ अर्ब ४६ करोड ७ लाख रुपैयाँ लगानी गरेका छन्।
१४ बिमा कम्पनीले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ९ अर्ब ७३ करोड ४८ लाख, वाणिज्य बैंकको मुद्दती निक्षेपमा ५ खर्ब ४४ अर्ब ८७ करोड ७६ लाख, पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ७ अर्ब १७ करोड, विकास बैंकको मुद्दति निक्षेपमा ४६ अर्ब ९१ करोड ७८ लाख लगानी गरेको प्राधिकरणको विवरणमा उल्लेख छ।
यस्तै, फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा ६ अर्ब ७५ करोड २५ लाख, घरजग्गामा ७५ करोड ८१ लाख, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३७ अर्ब ७१ करोड ४ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७१ अर्ब १ करोड ६ लाख, सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा ११ अर्ब २७ करोड ८७ लाख रुपैयाँ लगानी गरेको देखिएको छ।
यसैगरी कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा ११ अर्ब ६९ करोड ३० लाख, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ८ अर्ब ३२ करोड ६६ लाख, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा २ अर्ब ७३ करोड ७० लाख, अन्य संस्थापक सेयरमा १६ अर्ब ३२ करोड ५० लाख, सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको सेयरमा १ अर्ब ६७ करोड ४ लाख र अन्य गरेर १२ अर्ब ८६ करोड ५२ लाख रुपैयाँ बिमा कम्पनीबाट लगानी भएको छ।