काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्काे उम्मेदवार थप्न पाउने जनाइएको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ। त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ।
फिर्ता हुन आवेदन दिइएको उम्मेदवारबारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्काे उम्मेदवार पठाउन पाउनेछ। आगामी माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ। सर्वसाधारणले त्यो सूचीमा रहेका उम्मेदवार कानुनी रुपमा अयोग्य रहेको भनी दाबीविरोध गरे छानबिन गरी माघ २० मा अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। उक्त सूची त्यसपछि परिवर्तन हुने छैन।
यसैबीच रास्वपाबाट बन्दसूचीमा अटाएका गायिका डा. त्रिशला गुरुङ र आसिफ साहले लिए नाम फिर्ता लिएको घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा पोस्ट लेख्दै त्रिशलाले उक्त घोषणा गरेकी हुन्।
त्रिशलाले लेखेकी छन्, ’यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने दृढ संकल्प हो।’
त्रिशलालाई उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवार सिफारिस गरेको थियो।
यस्तै, फिल्म निर्माता एमं टेलिभिजन प्रस्तोता आसिफ साहले रास्वपाको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर शाहले आफू राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति भएको बताउँदै समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन्।
रास्वपाबाट समानुपातिक सूची सार्वजनिक भएपछि त्यसमा परेका व्यक्तिको विषयमा लिएर रास्वपाभित्रै भइरहेको छ। सूचीमा परेका नामलाई लिएर जेनजीले असन्तुष्टि जनाएका छन्।