काठमाडौं। प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न भागबाट १२ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, धरान उपमहानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १८ ट्याब्लेट र स्पास्पेन २ सय १८ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २३ वर्षीय दिनेश राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका–४ आइतबारे डेरा गरी बस्ने मोरङ उर्लाबारी नगरपालिका–१० घर भएका १९ वर्षीय आकाश कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका(१४ बोडिङ स्कुल टोल बस्ने २२ वर्षीय निशान उप्रेतीलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३३ एम्पुल सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
यस्तै, रुपन्देही, सिद्धार्थनगर नगरपालिका–९ सानो दुमदुमुवाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ९ एम्पुल र फेनारगन ८ एम्पुलसहित ओमसतिया गाउँपालिका(३ बडसारी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनले प्रयोग गरेको युपि ५३ एएम ९७५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
बाँके, कोहलपुर नगरपालिका(८ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय मानबहादुर केसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यसैगरी बाँके, कोहलपुर नगरपालिका–९ झण्डहवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही नगरपालिका–९ झन्डहवा बस्ने २२ वर्षीय सुवास थारुलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी बाँके, नेपालगञ्ज उपमहानगरपालिका–२० ज्ञानपुर बस्ने ३६ वर्षीय धनिराम कुर्मीसमेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
कञ्चनपुरको वेदकोट नगरपालिका–१० दैजी चोकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही नगरपालिका–१० बस्ने २३ वर्षीय सन्तोष सार्की र २८ वर्षीय उद्धव सिह साहु रहेका छन्।
अस्थायी प्रहरी बिट दैजीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। प्रहरीका अनुसार कैलाली, धनगढी उपमहानगरपालिका–१९ बहुलिया बस्ने २१ वर्षीय सुशान्त चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्रामसहित गए राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।