काठमाडौं। नेपाली दुई पांग्रे इलेक्ट्रिक बजारमा लामो रेन्जको ईभी स्कुटर ‘सारथी ईएस६’ उपलब्ध भएको छ। नेपालका लागि लुयानको आधिकारिक वितरक जिरो एमिसन राइड एनले नयाँ इलेक्ट्रिक स्कुटर ‘सारथी ईएस६’ नेपाली बजारमा ल्याएको हो।
नेपालमा इलेक्ट्रिक स्कुटर प्रयोगकर्ताहरूले लामो समयदेखि भोग्दै आएको ‘रेन्ज एन्जाइटी’ अब अन्त्य हुने भएको छ। लुयानले नेपाली बजारमा ल्याएको ‘सारथी ईएस६’ नयाँ विकल्प थप्नुका साथै यसले ‘रेन्ज एन्जाइटी’ अन्त्य हुने विश्वास कम्पनीको छ।
‘सारथी ईएस६’ मा जडान गरिएको ९.६ किलोवाट आवर क्षमताको ब्याट्रीले एकपटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार स्कुटरमा सीएटीएलद्वारा उत्पादित लिथियम ब्याट्री प्रयोग गरिएको छ।
नेपालमा इलेक्ट्रिक स्कुटर प्रयोगकर्ताहरूले लामो समयदेखि भोग्दै आएको ‘रेन्ज एन्जाइटी’ अब अन्त्यतिर पुगेको कम्पनीको विश्वास छ। लुयान नेपालका सेल्स एन्ड मार्केटिङ हेड शंकर शर्माका अनुसार नयाँ स्कुटरको आवागमनसंगै अब रेन्ज एन्जाइटी सधैंका लागि समाप्त हुने अवस्थामा पुगेको छ। पेट्रोल स्कुटरले जस्तै लामो दूरीको यात्रा अब इलेक्ट्रिक स्कुटरबाट पनि सहज रूपमा गर्न सकिनेछ।
सारथी ईएस६ मा रेन्ज मात्र होइन, आधुनिक प्रविधि र सुविधाहरू पनि समावेश गरिएका छन्। स्कुटरमा हाई होल्ड एसिस्ट, ब्याट्री खपतको अवस्था समेत देखाउने डिजिटल डिस्प्ले, क्रुज कन्ट्रोल तथा १२ इन्चका ठूला पांग्रा उपलब्ध छन्। सुरक्षा पक्षलाई मजबुत बनाउन स्कुटरमा डबल डिस्क ब्रेक र कम्वाइन ब्रेकिङ सिस्टम जडान गरिएको छ।

नेपालको तराई क्षेत्र जस्ता समथर सडकहरूमा स्कुटरले अत्यधिक रेन्ज प्रदान गर्ने कम्पानीको भनाई छ। त्यस्तै, काठमाडौं उपत्यकाभित्र गरिएको परीक्षणमा पनि एकै पटकको चार्जमा ३५० किलोमिटरभन्दा बढी यात्रा गर्न सफल भएको दाबी गरिएको छ।
राइड–सेयरिङ प्लेटफर्महरू जस्तै पठाओ, इनड्राइभ र यांगोका चालकलाई लक्षित गर्दै कम्पनीले यो स्कुटरले दैनिक व्यावसायिक प्रयोगमा समेत उत्कृष्ट प्रदर्शन गर्ने जनाएको छ। कम्पनीका अनुसार यस्ता सेवाहरूमा नियमित सञ्चालन गर्दा पनि २५० किलोमिटरभन्दा बढी वास्तविक रेन्ज प्राप्त गर्न सकिन्छ, जसले दिनभर चार्जिङको चिन्ताबिना काम गर्न सकिने बनाउँछ।
यसमा रहेको ४ हजार ५०० वाट पीक पावर मोटरले स्कुटरलाई उत्कृष्ट पिकअप प्रदान गर्दछ। साथै, लामो यात्रालाई सहज बनाउन पर्याप्त लेग स्पेस र दैनिक प्रयोगका सामग्री राख्न पर्याप्त बुट स्पेस समेत उपलब्ध रहेको छ।
लुयान नेपाल हाल देशभर सबैभन्दा धेरै सर्भिस सेन्टर नेटवर्क भएको इलेक्ट्रिक स्कुटर ब्राण्डमध्ये एकका रूपमा परिचित छ। कम्पनीका अनुसार बिक्रीसँगै बिक्रीपछिको सेवामा विशेष ध्यान दिइएकाले ग्राहकहरूले स्पेयर पाट्र्स तथा मर्मत सेवामा सहज पहुँच पाउनेछन्।
लामो रेन्ज, शक्तिशाली मोटर, आधुनिक फिचर र बलियो बिक्रीपछिको सेवाको संयोजनका कारण सारथी ईएस६ नेपाली इलेक्ट्रिक दुईपांग्रे बजारमा नयाँ मापदण्ड स्थापित गर्ने स्कुटरका रूपमा हेरिएको छ।
विशेषगरी दैनिक धेरै दूरी यात्रा गर्ने, राइड–सेयरिङ व्यवसायमा संलग्न चालक तथा पेट्रोल खर्चबाट मुक्त हुन चाहने उपभोक्ताहरूका लागि यो स्कुटर आकर्षक विकल्प बन्न सक्ने देखिन्छ।