काठमाडौं। परराष्ट्र मन्त्रालयले खाडी मुलुक देशमा रहेका नेपाली नागरिकहरुको उद्धारका लागि समन्वय गर्न आपतकालीन उद्धार टोली गठन गरेको जनाएको छ। मन्त्रालयमा आयोजित पछिल्लो विकसित घटनापछि आयोजना गरेको दोस्रो ब्रिफिङमा यस्तो बताएको हो।
खाडी मुलुक देश, पश्मि एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले परराष्ट्र सचिवको संयोजकत्वमा आपतकालीन उद्धार टोली गठन भएको बताएका छन्। परराष्ट्र गृह अर्थ र कानुन तथा न्याय मन्त्रालय संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय शिक्षा प्रविधि मन्त्रालय श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतका प्रतिनिधि रहने व्यवस्था रहेको छ। यस विषयमा सम्बन्धित निकाय प्रतिनिधि मनोनय गरी पदेनबाहेक प्रतिनिधि पठाइदिन पत्राचार भइसकेको छ।
सरोकारवाला निकायबीच अन्तरक्रिया समन्वय गर्ने उद्धारका लागि आवश्यक र उपर्युक्त कदम चाल्न सरकारलाई सुझाव दिने तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्नेलगायत उद्देश्यले आपतकालीन उद्धार टोली गठन भएको उनको भनाइ थियो। फरक प्रसंगमा सो देशहरुमा रहेको कुटनीतिक नियोग, राजदूतावास तथा महावाणीज्य दूतावासबाट सिचवेशन एनालाइसिस रिपोर्ट पठाइदिन निर्देशन दिएको उनले बताए।
साथै, पत्रकार सम्मेलनमाफर्त विभिन्न देशको ट्रान्जिटमा रहेका नेपाली सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। गत केही दिनअघि युएईमा इरानी आक्रमणमा परेर मृत्यु भएका गोरखाका दिवस श्रेष्ठको शव स्थिति सामान्य भएपछि दूतावासले स्वदेश फर्काउन पहल गर्ने मन्त्रालयले जनाएको छ। सोही क्रममा नेपालीलाई आवश्यकबाहेक बाहिर नजान तथा सुरक्षा सावधानी अपनाएर बस्न मन्त्रालयले आग्रह गरेको छ।
कस्तो अवस्था छ खाडी देशमा नेपाली मन्त्रालयका अनुसार अहिलेसम्म प्राप्त जानकारीअनुसार इजरायलमा कुनै पनि घटना नभएको रिपोर्ट आएको छ। नेपालीहरुको अवस्था सामान्य र सुरक्षित छ। हालसम्म कतारस्थित नेपाली दूतावास दोहाबाट प्राप्त जानकारीअनुसार त्यहाँ पनि नेपालीहरु हालसम्म सुरक्षित रहेको जानकारी प्राप्त भएको मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
त्यहाँको राजदूतावास दोहाले नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छ। कतारको हवाई क्षेत्र अहिलेसम्म बन्द छ। जो नेपालीहरु ट्रान्जिटमा रहेका थिए उनीहरूलाई बस्न होटलको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। सम्बन्धित एयरलाइन्सले उनीहरुको हेरचाह गरिरहेको छ। इरानमा बस्ने ६ जना नेपाली पनि दूतावाससँग निरन्तर सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ। उनीहरू सुरक्षित रुपमा बसोबास गरिरहेको जानकारी प्राप्त भएको मन्त्रालयअन्तगर्त खाडी मुलुक देश, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले बताएका छन्।
यस्तै, साउदी अरबको पूर्वी क्षेत्रमा रहेको रास तनुरा रिफाइनरीमा ड्रोन आक्रमण भएको भन्ने जानकारी प्राप्त भएको छ। साउदी अरबले आक्रमणको निन्दा जारी गरेको खबर प्राप्त भएको उनले बताए। साउदी अरबमा जनजीवन सामान्य रहको छ। यता युएईस्थित नेपाली दूतावासले अहिले अबुदाबीमा आक्रमण निरन्तर रुपमा चलिरहेको छ। आक्रमणबाहिर आवसीय क्षेत्रमा पनि भएको जानकारी नेपालस्थित कुटनीतिक नियोगले जनाएको छ।
युएईमा भएको आक्रमणमा नेपाली, पाकिस्तानी र बंगलादेशी गरी तीन जनाले ज्यान गुमाएको जानकारी प्राप्त भएको छ। ५८ जना घाइते भएका छन्। मृत्यु हुनेमा गोरखा घर भएका दिवस श्रेष्ठ रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यता बहराइनस्थित मनामा रहेको नेपाली दूतावासले निरन्तर रुपमा आक्रमण जारी भएको जनाएको छ।
अमेरिकी एयरबेसको ममर्त स्टेसननजिकै जहाजबाट खसेको भग्नावशेषबाट एसियाली कामदारको मृत्यु भएको छ। अरु नेपाली नागरिक सुरक्षित रहेको मन्त्रालयले भनाइ छ। नेपाली दूतावासले समुदायलाई सुरक्षा निर्देशिका पलना गर्न राष्ट्रिय नागरिक प्लेटफर्मबाट अद्यावधिक जाँच गर्न अप्रमाणीत सामाजिक सञ्जालबाट भ्रमित नहुन, सर्तक रहन सम्पर्कमा रहन तथा आपतकालीन अवस्थामा ९९९ मा सम्पर्क गर्न आग्रह गर्दै सार्वजनिक एडभाइजरी जारी गरेको छ।
नेपाली कुटनीतिक नियोग कुवेतबाट प्राप्त जानकारीअनुसार कुवेत र इराक अहिलेको घटनाबाट प्रभावित भएका छन्। कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी दूतावासमा मिसाइल ड्रोनहरु खसेका छन्। कुवेत सरकारले अन्तर्राष्ट्रिय विमानस्थल र एयरवेश पनि बन्द गरेको अवस्था छ।
इराकमा अमेरिकी मिलीटरी बेस क्याम्पनजिकै ड्रोनहरु खसेका छन्। इराकले पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर विमानस्थल र एयरबेसलाई बन्द गरेको अवस्था छ। मिसाइल ड्रोनलाई इनटरसेप्ट गर्ने क्रममा यसका टुक्राहरुबाट केही नागरिक घाइते भएका छन्। जसमा कुनै पनि नेपाली नागरिक छैनन्।
स्थानीय सञ्चार माध्यमका अनुसार कुवेतमा दुई जना नागरिकको मृत्य भएको छ। जसमा एक जना सेक्युरिटी पर्सनल र अर्को एक्सप्याक्ट गैरनेपाली रहेका छन्। यस घटनामा ३२ जना घाइते भएका छन्। इराकको हकमा त्यहाँको स्थानीय सञ्चार माध्यमका अनुसार दुई जनाको मृत्यु भएको छ। त्यसमा नेपाली परेको छैनन्। नेपालीहरु सुरक्षित छन्। पाँच जना गैर नेपाली घाइते भएको अवस्था छ। दूतावस र स्थानीय सरकारले एडभाइजरी राखेको छ। कुवेतमा सरकारी निकायले आफ्नो काम ३० प्रतिशत जनशक्ति राखेर काम सञ्चालन गर्दै आएको छ।
यस्तै, ओमानस्थित नेपाली दूतावास मस्कटका अनुसार त्यहाँ ठूलो प्रभाव नपरे पनि छिटपुट भएको जानकारी मन्त्रालयलाई प्राप्त भएको छ। ओमानमा एक जना भारतीयको मृत्यु र पाँच जना घाइते भएको जानकारी दूतावासले जानकारी दिएको छ। दूतावासले विभिन्न नेपालीलाई सचेत गराइरहेको छ।
त्यस्तै नेपाली दूतावास कायोराबाट प्राप्त जानकारीअनुसार जोर्डन र लेबनानलाई प्रत्यक्ष रुपमा आक्रमण नगरिएको पनि अन्यत्र आक्रमण लक्षित रहेको सूचना जानकारी प्राप्त भएको छ। दूतावासको जानकारीअनुसार नेपाली नागरिक लेबनानमा सुरक्षित छन्। धेरै जसो नेपाली नागरिकहरु उत्तरी बेरुतमा केन्द्रित छन्। जुन देशका अन्य भागभन्दा सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।