काठमाडौं। नेपाली आकाश यतिखेर धुवाँ र धुलोको बाक्लो गरी ढाकिएको छ। बिहान उठ्दा झ्यालबाहिर देखिने दृश्य धमिलो छ।घाम लाग्दा पनि हावामा एक प्रकारको कुइरो छ। सास फेर्दा घाँटी चिलाउने र आँखा पोल्ने अनुभव दैनिकी बन्दै गएको छ। वायु प्रदूषण अब केवल पर्यावरणविद्को चिन्ताको विषय मात्र रहेन। यो प्रत्येक नेपालीको घरआँगन र फोक्सोसम्म पुगिसकेको छ।
पछिल्लो तथ्यांकले देशको वायु गुणस्तरको बिग्रिँदो तस्बिर प्रस्तुत गर्छ। यद्यपि आज काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ। काठमाडाैंमा बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकांक १७८ हाराहारी रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकांक १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआई)को तथ्यांकले देखाएको छ। बिहीबार मध्याह्नसम्म काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समय १२औं स्थानमा झरेको हाे। केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो ।
वायु प्रदूषण दम, सीओपिडी, मधुमेह, क्षयरोग, क्यान्सर, निमोनिया, मोतियाबिन्द, हृदय रोग र मानसिक स्वास्थ्य समस्यासँग सीधा जोडिएको छ।
ललितपुरको पनि त्यही स्तर र पोखराको एक्यूआई १६० को हाराहारी रहेको छ। तीनवटै सहर 'खराब' श्रेणीमा मानकभन्दा तीन गुणाभन्दा बढी पुगिसकेका छन्। काठमाडौंमा पिएम २.५ को मात्रा ४४ माइक्रोग्राम प्रतिघनमिटर र पिएम १० को मात्रा ६५ माइक्रोग्राम प्रतिघनमिटर रहेको छ। काठमाडौंको वार्षिक औसत पिएम २.५ सांद्रता ४५.१ माइक्रोग्राम प्रतिघनमिटर रहेको छ। जुन विश्व स्वास्थ्य सङ्गठनको वार्षिक मार्गदर्शन मूल्यभन्दा नौ गुणा बढी हो।
कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका विशाल भूभागमा बाक्लो धुवाँको कुहिरो मडारिएको छ। काठमाडौं र पोखराजस्ता ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा मसिना कणको प्रदूषण बढेको छ। विशेषगरी बिहान र बेलुकाको समयमा वायु प्रदूषण उच्च हुने गरेको छ। प्रदूषण अब शहरमा मात्र सीमित छैन। डडेल्धुरा जिल्लाजस्ता सफा पहाडी क्षेत्रमा पनि यसको असर देखिन थालेको छ।
विशेषगरी बिहान र बेलुकाको समयमा वायु प्रदूषण उच्च हुने गरेको छ। यस प्रदूषणले नेपालीको औषत आयु ३.४ वर्षले घटाएको छ।
वायु प्रदूषणका कारण नेपालमा वार्षिक झन्डै २६ हजार मानिसले असमयमै ज्यान गुमाउने गरेको विश्व बैंकको जुन २०२५ को प्रतिवेदनले उल्लेख गरेको छ। प्रदूषणले नेपालीको औषात आयु ३.४ वर्षले घटाएको छ। वायु प्रदूषण दम, सीओपिडी, मधुमेह, क्षयरोग, क्यान्सर, निमोनिया, मोतियाबिन्द, हृदय रोग र मानसिक स्वास्थ्य समस्यासँग सीधा जोडिएको छ। वातावरण कार्य सम्पादन सूचकाङ्क २०२४ अनुसार नेपाल वायु प्रदूषणको मामिलामा १८० देशमध्ये १७५औँ स्थानमा छ।
काठमाडौं उपत्यकाको प्रमुख प्रदूषण स्रोत सवारी साधनबाट निस्कने धुवाँ हो। तीव्र सहरीकरण र कमजोर सार्वजनिक यातायातका कारण निजी सवारी साधनको संख्या बढ्दो छ। यसका अतिरिक्त इँट्टाभट्टा र कारखानाबाट निस्कने ग्यास, खाना पकाउन जलाइने काठ र गोबर, निर्माण कार्यबाट उड्ने धुलो र उपत्यकाको भौगोलिक बनावट, जसले प्रदूषित हावालाई थुनेर राख्छ। सबैले मिलेर काठमाडौंको हावालाई विषालु बनाएका छन्। सिजनल बाली डढाउने प्रचलन र भारतको गाङ्गेय मैदानबाट आउने प्रदूषित हावाको बहावले पनि शीत ऋतुमा प्रदूषणको स्तर थप बढाउने गरेको छ।
-1764760991.jpeg)
बाहिरको हावा विश्वास गर्न नसकिने हुँदा नेपाली उपभोक्ताले अब घरभित्रको हावा शुद्ध पार्ने उपायतर्फ ध्यान दिन थालेका छन्। एयर प्युरिफायर अर्थात् वायु शोधकको माग पछिल्लो समय उल्लेखनीय रुपमा बढेको व्यापारीहरू बताउँछन्।
श्री मालिका ट्रेड लिङ्क सेन्टरका किरण अर्यालका अनुसार गत वर्ष प्रदूषण चरम हुँदा वायु शोधकको माग यति धेरै बढेको थियो कि कम्पनीसँग मौजुद नै नभएर उपभोक्तालाई पुर्याउन सकिएन। त्यस अनुभवबाट पाठ सिकेर यस वर्ष अग्रिम स्टक गरिएको छ। गत वर्षको तुलनामा यस वर्ष वायु शोधकको मूल्य पाँच प्रतिशतले बढेको पनि उनले जानकारी दिए।
बजारमा हाल ८ हजारदेखि ४५ हजार रुपैयाँसम्मका विभिन्न कम्पनीका वायु शोधक उपलब्ध छन्।
श्री होम एन्ड इलेक्ट्रोनिक फ्याक्ट्री आउटलेटका सञ्चालक विपिन प्रसाईं पनि यस वर्ष वायु शोधकको पर्याप्त मौजुद रहेको बताउँछन्। ‘गत वर्षजस्तो यस वर्ष अभाव हुँदैन,’ उनी भन्छन्। माग बढेका बेलासमेत इलेक्ट्रोनिक सामग्रीको मूल्य एउटै रहने भएकाले वायु शोधकको दाम बढ्ने छैन भन्ने उनको दाबी छ। बजारमा हाल आठ हजारदेखि ४५ हजार रुपैयाँसम्मका विभिन्न कम्पनीका वायु शोधक उपलब्ध छन्।
वायु शोधकभित्रका हेपा फिल्टरले हावामा तैरिरहेका धुलो, धुवाँ र मसिना कण छान्छन्। आधुनिक शोधकमा रहने युभी-सी प्रविधिले ब्याक्टेरिया, भाइरस र फंग्स नष्ट गर्छ भने एक्टिभेटेड कार्बन फिल्टरले घरभित्रका दुर्गन्ध र हानिकारक ग्यास हटाउँछ। श्वासप्रश्वाससम्बन्धी समस्या, दम र एलर्जी भएकाहरूका लागि यो विशेष उपयोगी हुन्छ।
तथापि, सीजी ग्रुपका अफिस म्यानेजर नवीनकुमार खड्काका अनुसार वायु शोधकको माग उल्लेखनीय रूपमा बढेको छैन। धेरै उपभोक्तामा यसबारे पर्याप्त जानकारी नभएकाले यसको प्रयोग अझैसम्म सीमित वर्गमा मात्र छ। आयात गर्ने कम्पनीको संख्या कम भएकाले कहिलेकाहीँ बजारमा अभाव पनि हुने गरेको छ, यद्यपि माग बढेमा आपूर्ति सहज हुने व्यापारीहरूको भनाइ छ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले विज्ञप्ति जारी गर्दै वायु प्रदूषण बढेको समयबाहिर निस्किँदा मास्क प्रयोग गर्न, सवारी साधनको नियमित मर्मत गर्न, फोहोर र कृषि अवशेष नजलाउन र वन डढेलो नलगाउन नागरिकसँग अनुरोध गरेको छ।