काठमाडौं । बैङ्क अफ काठमाण्डु लिमिटेड (बीओके) र प्रभु बैङ्कले पनि मर्जरमा जान बेग्लाबेग्लै प्रतिवद्धतापत्र बुझाएका छन् । उनीहरुको कुन बैङ्कसंग मर्जरमा जाने भने खुलाएका छैनन । यी समेत गरी मर्जरमा जान प्रतिवद्धता जनाउने वाणिज्य बैङ्कको संख्या २२ पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
दुबै बैङ्कले बेग्लावेग्लै मर्जरमा जाने प्रतिवद्धता नेपाल राष्ट्र बैङ्कमा बुझाएका हुन । प्रभुले मर्जर भन्दा प्राप्ति (एक्वायर) गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ ।
यसअघि नेपाल बंगलादेश बैङ्कले मर्जरमा जानका लागि विदेशी साझेदारसँग छलफल गर्नुपर्ने र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले मुख्य रणनीतिमा कुनै परिवर्तन नभएको भन्दै मर्जरमा नजाने संकेत गरेको छ । यस्तै सिद्धार्थ बैङ्कले मर्जरमा जाने प्रतिबद्धता बुझाएको छ ।

स्रोत :राष्ट्र बैङ्क
आइतबारसम्म २२ वाणिज्य बैङ्क, ३ विकास बैङ्क र २ लघुवित्त गरी २७ संस्थाले मर्जरका विषयमा आफनो धारणा राष्ट्र बैङ्कमा बुझाएका हुन । एनएमबी, सनराइज, सिटिजन्स, लक्ष्मी, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी), सानिमा, सिभिल, माछापुच्छ्रे, सेञ्चुरी कमर्शियल, नेपाल एसबीआई, ग्लोबल आईएमई, जनता, नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, हिमालयन कुमारी र मेगा बैङ्कले मर्जरमा जाने प्रतिबद्धता जनाइसकेका छन ।
साँग्रिला डेभलपमेन्ट, महालक्ष्मी विकास र सहयोगी विकास बैङ्कले पनि मर्जरमा जान प्रतिवद्धता जनाएका छन । महिला सहायता लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ । यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर समिति बनाएको जानकारी दिएको छ ।
ग्लोबल आईएमई र जनताबीच मर्जरमा जाने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको छ । सिटिजन्सले सहयोगीलाई एक्वायर गर्ने एमओयू भइसकेको छ ।
प्राइम कमर्शियल बैङ्क, राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैङ्कबाट प्रतिबद्धता आएको छैन । प्राइमले राष्ट्र बैङ्कमा मर्जरमा जाने प्रतिबद्धता नबुझाए पनि कन्काइ र कैलाश विकास बैङ्कका साथै ललितपुुर फाइनान्सलाई एक्वाएरका लागि एमओयू गरेको छ ।
केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कको संख्या घटाउन मर्जरमा जोड दिए पनि अधिकाँशले क्षेत्रियस्तरको विकास बैङ्कलाई एक्वायर गर्न लागेका छन ।
यस्तै विदेशी लगानीको एभरेष्ट बैङ्कले मर्जरमा जानका लागि प्रतिवद्धता जनाएको छैन ।