काठमाडौं। नेपालमा स्वदेशी तथा विदेशीमा तीन खर्ब ७३ अर्ब ५५ करोड रकम बढी लगानीको प्रतिवद्धता प्राप्त भएको छ। गत आर्थिक वर्ष ०८१/८२ को ९ महिनाको तुलनामा चालू आर्थिक वर्ष ०८२/८३ को सोही अवधिमा उक्त रकम बढी लगानीको प्रतिवद्धता प्राप्त भएको हो। यो तंथ्याक साउनदेखि वैशाख पहिलो सातासम्मको रहेको हो।
यो अवधिमा गत आवको तुलनमा चालू आवमा स्वदेशी ३ खर्ब ३३ अर्ब ६७ करोड २७ लाख र विदेशी ३९ अर्ब ८८ करोड ३५ लाख लगानीको प्रतिवद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ।
विभागका अनुसार गत आवको ९ महिनामा स्वदेशी १ खर्ब ८९ अर्ब ९३ करोड रहेकोमा विदेशी २१ अर्ब ९० करोड ५५ लाख लगानीको प्रतिवद्धता आएको छ। चालू आवमा स्वदेशी लगानी ५ खर्ब २३ अर्ब ७० करोड रहेकोमा विदेशी लगानी ६१ अर्ब ७८ करोड ९० लाख लगानीको प्रतिवद्धता आएको हो।
कृषि तथा वन पैदावारमा आधारितमा गत आवमा ७५ करोड लगानीको प्रतिवद्धता आएकोमा चालू आवमा ४८ अर्ब ३६ करोड ६२ लाख लगानीको प्रतिवद्धता आएको छ। ऊर्जामूलकमा गत आवमा ९१ अर्ब ७० करोड ५२ लाख आएकोमा चालू आवमा २ खर्ब ३२ अर्ब ९९ करोड ७१ लाख लगानीको प्रतिवद्धता आएको हो।
यसैगरी, सूचना प्रविधि, संचार प्रविधि तथा सूचना प्रसारण प्रविधिमा आधारितमा गत आवमा २१ अर्ब ४ करोड आएकोमा चालू आवमा २३ अर्ब ९७ करोड लगानीको प्रतिवद्धता आएको विभागको तंथ्याकले देखाउँछ।
पूर्वाधारमा गत आवमा २० करोड लगानीको प्रतिवद्धता आएकोमा चालू आवमा लगानीको प्रतिद्धता आएको छैन्। उत्पादनमूलकमा गत आवमा ३० अर्ब ६४ करोड ९९ लाख आएकोमा चालू आवमा २८ अर्ब ७३ करोड ९९ लाख लगानीको प्रतिवद्धता आएको छ।
यस्तै, खनिजमा गत आवमा १४ अर्ब ३९ करोड ३५ लाख आएकोमा ६५ करोड ५६ लाख लगानीको प्रतिवद्धता आएको विभागले जनाएको छ। सेवामूलकमा गत आवमा ४१ अर्ब ८० करोड ९६ लाख आएकोमा चालू आवमा एक खर्ब २२ अर्ब २० करोड लगानीको प्रतिवद्धता आएको छ।
पर्यटनमा गत आवमा ४१ अबृ ८४ करोड ९३ लाख आएकोमा चालू आवमा ६४ अर्ब ९७ करोड ५१ लाख लगानीको प्रतिवद्धता आएको विभागले जनाएको छ।