काठमाडौं। चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो।
कार्यालयका अनुसार यस वर्ष देशको कुल अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो, जसले समग्र अर्थतन्त्र विस्तारतर्फ उन्मुख रहेको संकेत गर्छ।
क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा उच्च आर्थिक वृद्धि विद्युत तथा ग्यास क्षेत्रमा देखिएको छ, जसमा २०.९३५ प्रतिशत वृद्धि अनुमान गरिएको छ। त्यसपछि वित्तीय तथा बिमा सेवा क्षेत्रमा ९.१६५ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रमा ८.२१५ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको छ।
यस्तै, आवास तथा भोजन सेवा ९होटल तथा रेस्टुरेन्ट० क्षेत्रमा ७।१२५ प्रतिशत, यातायात तथा भण्डारणमा ५.७९५ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रमा ५.५३५ प्रतिशत वृद्धि हुने अनुमान छ। प्रशासनिक तथा सहयोगी सेवा ४.५२५ प्रतिशत र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रमा ४.०४५ प्रतिशत वृद्धि हुने देखिएको छ।
अन्य क्षेत्रमा खानी तथा उत्खननमा ३.५२५ प्रतिशत, पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा ३.२७५ प्रतिशत, उद्योग क्षेत्रमा २.८३५ प्रतिशत र घरजग्गा कारोबार सेवामा २.६९५ प्रतिशत वृद्धि अनुमान गरिएको छ।
अन्य सेवासम्बन्धी क्रियाकलापमा २.६५५ प्रतिशत, निर्माण क्षेत्रमा २.३१५ प्रतिशत, पानी आपूर्ति, ढल तथा फोहोर व्यवस्थापनमा १.९९५ प्रतिशत र शिक्षा क्षेत्रमा १.५०५ प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ।
कृषि, वन तथा मत्स्य क्षेत्रमा १।२८५ प्रतिशत मात्र वृद्धि हुने अनुमान गरिएको छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा सबैभन्दा कम ०।२३५ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको छ।