काठमाडौं । क्रिएशन नेपालले द कोका-कोला फाउन्डेशनको साथमा सफाईकर्मी समुदायका लागि तेस्रो साताको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । अभिनेता तथा क्रिएशनका सद्भावना दूत दयाहाङ राई र ललितपुर क्षेत्रमा ललितपुर नगरपालिकाका मेयर चिरी बाबु महर्जनको उपस्थीतिका साथ तेस्रो साताको राहत वितरण सम्पन्न भएको हो ।
राहत वितरण कार्यक्रम क्रिएशन र द कोका-कोला फाउन्डेशनको संयुक्त पहलमा ३ हजार २ सय जना सफाईकर्मीलाई सहयोग गर्ने लक्ष्यका साथ जारी सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्साको रुपमा सुरु गरिएको कोकाकोलाले जनाएको छ । यसवाट काठमाडौं, ललितपुर र भक्तपुरका १ हजार ४ सय भन्दा बढि सफाईकर्मी लाभान्वित भएको कम्पनीले जनाएको छ ।
उक्त टोलीले यस साताको चार दिनको वितरण अवधिमा २ सय ८७ सफाईकर्मीलाई राशन प्याकेजहरु, औषधी, जागरुकता सामग्री र ग्लभ्स, बुट, पीपीई सहितको रक्षात्मक सामग्री प्रदान गरेको जनाइएको छ । यसका साथै चिकित्सापरामर्श र सामान्य स्वच्छता जागरुकता पनि प्रदान गरिएको थियो ।
राहत वितरण कार्यक्रमहरु टेकु, सानेपा, कोटेश्वर, बालकुमारी, सतुंगल, भैंसीपाटी लगायत काठमाडौं र ललितपुरका विभिन्न स्थानहरुमा पार्टनरहरु रिसाइकलर्स साथी र हिमालयन क्लाइमेट इनिसियटिभको सहयोगमा आयोजना गरिएको कोकाकोलाले जनाएको छ ।
सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टकाठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाईकर्मीको उथानमा मदत पुराउने उद्येश्यका साथ अघि वढीरहेको कोकाकोलाले जनाएको छ ।