काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ दशमलव ०८ र बिक्रीदर १५२ दशमलव ६८ कायम भएको छ।
साथै युरोपियन युरो एकको खरिददर १७७ दशमलव ०९ र बिक्रीदर १७७ दशमलव ७९, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ दशमलव २४ र बिक्रीदर २०६ दशमलव ०५ तथा स्वीस फ्राङ्क एकको खरिददर रु १९४ दशमलव ६४ र बिक्रीदर १९५ दशमलव ४१ निर्धारण गरिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९ दशमलव ०३ र बिक्रीदर १०९ दशमलव ४६, क्यानेडियन डलर एकको खरिददर रु ११० दशमलव १० र बिक्रीदर रु ११० दशमलव ५४, सिंगापुर डलर एकको खरिददर ११९ दशमलव ०६ र बिक्रीदर ११९ दशमलव ५३ कायम गरिएको छ।
जापानी येन १० को खरिददर रु नौ दशमलव ५७ र बिक्रीदर नौ दशमलव ६१, चिनियाँ युआन एकको खरिददर २२ दशमलव ४२ र बिक्रीदर २२ दशमलव ५० तथा साउदी अरेबियन रियाल एकको खरिद दर ४० दशमलव ५३ र बिक्रीदर रु ४० दशमलव ६९ रहेको छ।
कतारी रियाल एकको खरिददर ४१ दशमलव ७२ र बिक्रीदर ४१ दशमलव ८८, थाई भाट एकको खरिददर चार दशमलव ६८ र बिक्रीदर चार दशमलव ७० तथा यूएई दिराम एकको खरिददर ४१ दशमलव ४० र बिक्रीदर ४१ दशमलव ५७ तोकिएको छ।
मलेसियन रिंगिट एकको खरिददर ३८ दशमलव ४८ र बिक्रीदर ३८ दशमलव ६३, दक्षिण कोरियाली वन १०० को खरिददर १० दशमलव ०४ र बिक्रीदर १० दशमलव ०८, स्विडिस क्रोनर एकको खरिददर १६ दशमलव ३९ र बिक्रीदर १६ दशमलव ४६ तथा डेनिस क्रोनर एकको खरिददर २३ दशमलव ७० र बिक्रीदर २३ दशमलव ७९ कायम गरिएको छ।
केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ दशमलव ४१ र बिक्रीदर रु १९ दशमलव ४९, कुवेती दिनार एकको खरिददर रु ४९५ दशमलव ८६ र बिक्रीदर रु ४९७ दशमलव ८२, बहराइन दिनार एकको खरिददर रु ४०३ दशमलव ४० र बिक्रीदर रु ४०४ दशमलव ९९ तथा ओमानी रियाल एकको खरिददर रु ३९५ दशमलव ०१ र बिक्रीदर ३९६ दशमलव ५७ कायम भएको राष्ट्र बैंकले जनाएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।