काठमाडौं। नेपाल प्रहरीका जनपद, प्राविधिक स्वास्थ्य र इन्जिनियरिङ/सूचना प्रविधि समूहका १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले प्रहरी नियमावली, २०७१ बमोजिम बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो।
जनपदतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङको बजेट शाखामा कार्यरत ध्रुवकुमार श्रेष्ठ एसपी पदमा बढुवाका लागि सिफारिस भएका छन्।
प्राविधिक स्वास्थ्य (चिकित्सक) उपसमूहअन्तर्गत रिक्त ९ पदमा डा. शोभा वाग्ले, डा. सरोज सिंह, डा. विकल श्रेष्ठ, डा. बोधविक्रम कार्की, डा. निर्मल घिमिरे, डा. नमन लामिछाने, डा. दीपा चुडाल, डा. सुवास थापा र डा. भवानी गुरुङ सिफारिस भएका छन्।
यस्तै, इन्जिनियरिङ/सूचना प्रविधि (कम्प्युटर) उपसमूहबाट ई. रामकुमार बस्नेत, सुनिलकुमार वरनवाल र राइजन् महर्जन एसपीमा बढुवाका लागि सिफारिस भएका छन्।
यस्तै नेपाल प्रहरीका विभिन्न प्राविधिक समूहअन्तर्गत कार्यरत १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा गर्न पनि सिफारिस गरिएको छ।
चिकित्सकतर्फ ९ जना, नर्सिङतर्फ १ जना, इन्जिनियरिङ उपसमूहअन्तर्गत सूचना प्रविधि/कम्प्युटरतर्फ ५ जना तथा विधिविज्ञान उपसमूहतर्फ १ जना प्रहरी निरीक्षक डीएसपीमा बढुवाका लागि सिफारिस भएका हुन्।
चिकित्सकतर्फ सिफारिस हुनेहरूमा डा. अमित कुमार ठाकुर, डा. ऋतुराज बराल, डा. एलिना श्रेष्ठ, डा. प्रभाकर श्रेष्ठ, डा. रमन घिमिरे, डा. महादेव देउजा, डा. संजिव कुमार यादव, डा. सुवास चन्द्र गौतम र डा. रजनी महर्जन रहेका छन्।
नर्सिङतर्फ नेपाल प्रहरी अस्पतालकी निरूषा महर्जन, सूचना प्रविधितर्फ बेचन कुमार यादव, सन्दिप कार्की, जय प्रकाश सिंह, सत्येन्द्र कुमार मिश्र र कृष्ण नाथ तथा विधिविज्ञानतर्फ यमलाल बस्नेत सिफारिस भएका छन्।