नेपाल क्लियरिङ हाउसले शुल्क मिनाहा र प्रत्यक्ष नगद सहयोग गरी कुल २ करोड ९१ लाख २० हजार रुपैयाँ सहयोग गरेको हो ।
कम्पनीले कारोबार शुल्क मिनाहाबाट २ करोड ३४ लाख ९ हजार रुपैयाँभन्दा बढीको प्रत्यक्ष योगदान गरेको जानकारी दिएको छ । यो सहयोगका प्रत्यक्ष लाभग्राही सरकार, बैंकिड क्षेत्र र सर्वसाधारण रहेको जनाइएको छ ।
त्यस्तै, सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारको कोरोना उपचारका लागि केन्द्रीय सरकारको कोषमा १० लाख रुपैयाँ र प्रत्येक प्रदेश सरकारको कोषमा १ लाख रुपैयाँका दरले १७ लाख रुपैयाँ सहयोग गरेको थियो ।
कोभिड-१९ को डिजिटल भुक्तानीलाई प्रश्रय दिने उद्देश्यका साथ एनसिएचएलले एनसिएचएल-इसिसी, एनसिएचएल-आइपिएस, कनेक्ट आइपिएस, एनपिआई र कनेक्ट आरटिजिएस सेवाहरू प्रवाह गर्दै आएको थियो । कम्पनीले लकडाउन सुरु भएदेखि नै यी सम्पूर्ण भुक्तानी सेवाहरूमा लाग्ने कारोबार शुल्कहरू मिनाहा गर्दै आइरहेको छ ।
त्यस्तै, सरकारको कोरोना भाइरस नियन्त्रण र उपचार कोषका लागि ४० लाख १९ हजार ४ सय ४८ रुपैयाँ संकलन गर्न सहयोग गरेको जनाएको छ ।
एनसिएचएलले महामारीविरुद्धको लडाइँमा सम्भव भएजति सबै तरिकाले थप सहयोग पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ । एनसिएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू लागू र सञ्चालन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।