काठमाडौं। नेपाली स्वादलाई आधुनिक फास्टफुडसँग संयोजन गर्दै आएको तुफानी पिज्जाले आफ्नो दोस्रो शाखा काठमाडौंको बागबजारस्थित सल्यानी हाउसमा विस्तार गर्ने भएको छ। कम्पनीका अनुसार नयाँ शाखाबाट असार १८ गतेदेखि नियमित सेवा सुरु हुनेछ।
गत २०८२ साल माघ २८ गते नयाँ बानेश्वरबाट सेवा प्रारम्भ गरेको तुफानी पिज्जाले छोटो अवधिमै ग्राहकको राम्रो विश्वास जित्दै शाखा विस्तार गर्न सफल भएको जनाएको छ। कम्पनीले नेपाली स्वादलाई प्राथमिकतामा राखी गुणस्तरीय परिकार सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ। विशेषगरी कार्यालयमा कार्यरत कर्मचारी तथा युवापुस्तामाझ दैनिक खाजाको रोजाइको ब्रान्डका रूपमा तुफानी पिज्जा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ।
तुफानी पिज्जाले सेन्टर किचन र सेन्टर स्टोरको अवधारणासहित आफ्नो सेवा विस्तारलाई व्यवस्थित र प्रभावकारी बनाएको जनाएको छ। नयाँ शाखाबाट पिज्जाका साथै तुफानी फ्राइड चिकेन, र्याप, फ्राइड राइस लगायतका अन्य परिकारहरु साथै अर्गानिक कफी तथा विभिन्न प्रकारका फ्रेस जुस उपलब्ध हुने छन्।
कम्पनीका सञ्चालक माधव नेपालका अनुसार ग्राहकलाई गुणस्तरीय परिकार, छिटो सेवा र सुपथ मूल्यमा उपलब्ध गराउनु कम्पनीको मुख्य उद्देश्य हो। 'हामी नेपाली स्वादलाई आधुनिक प्रस्तुतीकरणका साथ देशभर पुर्याउने लक्ष्यमा छौं,' उनले भने।

तुफानी पिज्जामा चार्टर्ड एकाउन्टेन्ट टिका कार्की, रेस्टुरेन्ट व्यवसायमा १५ वर्षभन्दा बढी अनुभव भएका माधव नेपाल, मनमोहन रिमाललगायतको संयुक्त लगानी रहेको छ। सञ्चालक टिका कार्कीका अनुसार बागबजारस्थित सल्यानी हाउसमा पर्याप्त पार्किङ सुविधा भएकाले ग्राहकलाई सहज पहुँच हुनेछ। साथै कम्पनीले आफ्ना परिकारहरू शाखाबाट प्रत्यक्ष सेवा दिनुका साथै फुडमाण्डु, पठाओ, आफ्नै वेबसाइट तथा सामाजिक सञ्जालमार्फत पनि उपलब्ध गराउने जनाएको छ।
नयाँ शाखा सञ्चालनको अवसरमा असार १८ गतेदेखि असार मसान्तसम्म विभिन्न आकर्षक छुट तथा विशेष अफर पनि ल्याइने कम्पनीले जनाएको छ। नेपालमै रोजगारी सिर्जना गर्दै स्वदेशी ब्रान्डलाई चेन रेस्टुरेन्टका रूपमा विकास गर्ने लक्ष्यसहित तुफानी पिज्जाले आगामी दिनमा फ्रेन्चाइज मोडलमार्फत देशका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजनासमेत बनाएको छ।
हाल यही व्यवस्थापन समूहले नेपालका विभिन्न १३ स्थानमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ।