काठमाडौं । आइएमएस ग्रुपले अस्ट्रेलियाको उच्चस्तरीय बेबि ब्राण्ड ड्रिमबेबीलाई नेपाल भित्र्याएको छ । बच्चाहरुको सुरक्षाका निम्ति प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबी अब नेपालका लागि एकमात्र आधिकारिक बितरक आइएमएस ग्रुप अन्तर्गत आइएमएस लिटिल स्माइल्स कम्पनीले ड्रिमबेबीका सामाग्रीहरु भित्र्याएके हो ।
ड्रिम बेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएकाछन् । ड्रीमबेबीको सामानहरुः गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् ।
ड्रीमबेबीका सामानहरू आइएमएस लिटिल स्माइल्स शोरूम, सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुनेछन् । साथै, अनलाइन डेलिभरीको लागि नेपालको एक मध्ये सबैभन्दा ठूलो अनलाइन मेगास्टोर स्मार्टडोकोमा पनि उपलब्ध हुने छ ।
ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रीमबेबीका सामानहरूमा १० प्रतिशत छुट दिइनेछ । थप रूपमा ग्राहकहरूले ५ हजार रुपैया वा पाँच हजार भन्दा बढीको सामान खरिद गरेमा डाक्टरब्राउनको ९ सय ८० रुयैया मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिनेछ ।
डक्टरब्राउन अमेरिकाको उच्चस्तरीय बेबी बोतल ब्राण्ड हो । यस ब्राण्डको उत्पादनहरू बोतल, खुवाउने सामान देखि लिएर पेसिफाइर, सिप्पि कप र अन्य धेरै छन् । अफर यहि २०७७ साल असार २१ गते सम्म मात्र मान्यता हुने कम्पनीले जनाएको छ ।
आइएमएस ग्रुपका अध्यक्ष दिकेश मलहोत्राले नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ड्रीम बेबीको वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित र गर्व महसुस
गरेको बताए । ‘आमा बुवाको प्राथमिकता भनेको नै बालबालिकाको सुरक्षा हुन्छ, त्यसकारण हामी हाम्रा नेपाली आमाबुबाको चिन्तालाई सम्बोधन गर्ने आशाको साथ ड्रीम बेबी नेपाली बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त खुशी छौं ।’ उनले भने ।