×

एप्पल बन्यो सर्वश्रेष्ठ ग्लोबल ब्रान्ड 

images

एजेन्सी। अमेरिकाको प्रविधि कम्पनी एप्पल इंक फेरि विश्वको सबैभन्दा महँगो कम्पनी भएको छ। विश्वका १० सर्वश्रेष्ठ ब्रान्डहरूमा एप्पलले पहिलो नम्बरमा कायमै राखेको छ।

एप्पलको बजार ब्रान्ड मूल्य १८ प्रतिशतले बढेर ४ खर्ब ८२ अर्ब २१ करोड डलर पुगेको छ। अघिल्ला वर्ष एप्पलको बजार मूल्य ४ खर्ब ८ अर्ब २५ करोड डलर थियो। एक वर्षको अवधिमा एप्पलको बजार मूल्य ७४ अर्ब डलर थपिएको छ।  

इन्टरब्रान्डको सर्वश्रेष्ठ ग्लोबल ब्रान्ड्स २०२२ को र्‍याकिंङमा १० वर्षदेखि शीर्ष स्थानमा रहेको एप्पल यो पटक पनि शिर्ष स्थानमा नै रहन सफल भएको हो।

त्यस्तै अमेजनलाई उछिन्दै माइक्रोसफ्ट र्‍याकिंङको दोस्रो नम्बरमा उक्लिएको छ। अमेजन तेस्रो नम्बरमा सिमित छ। माइक्रोसफ्टको ब्रान्ड मूल्य ३२ प्रतिशतले बढेर २ खर्ब ७८ अर्ब २८ करोड डलर पुगेका छ। गत वर्ष कम्पनीको ब्रान्ड मूल्य २ खर्ब १० अर्ब १९ करोड डलर थियो।

अमेजनको मूल्य १० प्रतिशतले बढेर २ खर्ब ७४ अर्ब ८१ करोड डलसहित तेस्रो स्थानमा छ। चौथो स्थानमा सर्च इन्जिन गुगल इंक छ। गुगलको मूल्य २८ प्रतिशतले बढेर २ खर्ब ५२ अर्ब ७५ करोड डलर पुगेको छ। अघिल्लो वर्ष गुगलको बजार मूल्य १ खर्ब ९६ अर्ब ८१ करोड डलर थियो। एक वर्षको बीचमा गुगलको बजार मूल्य ५६ अर्ब डलर बढेको छ।

पाँचौं स्थानमा दक्षिण कोरियाको इलेक्ट्रिक कम्पनी सामसङ छ। सामसङको बजार मूल्य १७ प्रतिशतले बढेर ८७ अर्ब ६८ करोड ९० लाख डलर छ। यसअघि कम्पनीको बजार मूल्य ७४ अर्ब ६३ करोड ५० लाख डलर थियो।

पाँचौं स्थानमा जापानको मोटर कम्पनी टोयोटा छ। टोयटाको बजार मूल्य १० प्रतिशतले बढेको छ। उसको बजार मूल्य ५९ अर्ब ७५ करोड ५० लाख डलर छ। यसअघि टोयटाको बजार मूल्य ५४ अर्ब १० करोड ७० लाख डलर थियो।

विश्वको मूल्यवान कम्पनीको सूचीको छैठौं स्थानमा अमेरिकाको कोकाकोला छ। कोकाकोलाको बजार मूल्य स्थिर छ। कोकाको बजार मूल्य ५७ अर्ब ५३ करोड डलर छ।

जर्मनको अटोमोबाइल कम्पनी मर्सिडीज बेन्ज सातौं मूल्यवान कम्पनी छ। १० प्रतिशत बढेर मर्सिडिजको मूल्य ५६ अर्ब १५ करोड डलर छ। नवौं स्थानमा मनोरन्जन कम्पनी डिज्नी छ।

डिज्नीको मूल्य १४ प्रतिशतले बढेर ५० अर्ब ३२ करोड डलर छ। नाइके कम्पनी १० औं स्थानमा छ। नाइकेको मूल्य ५० अर्ब २८ करोड डलरसहित दशौं स्थानमा छन्।

यी शीर्ष १० ब्रान्डले सम्पूर्ण तालिकाको कुल मूल्यको ५३ प्रतिशत मेकअप गर्छन्। औसत ब्रान्ड मूल्य पहिलो पटक ३० खर्ब (३ ट्रिलियन) डलर भन्दा बढी पुगेको छ। यो सन् २०२१ को तुलनामा १६ प्रतिशतको वृद्धि हो।

वित्तीय बजारले पछिल्ला केही वर्षमा उल्लेखनीय परिवर्तन देखाउँदा विश्वका सबैभन्दा बलियो ब्रान्डको मूल्यले ग्राहकको छनौट, बफादारी र मार्जिनलाई निरन्तर रूपमा बढाएको तथ्यांकले देखाउँछ।


 

शुक्रबार​ १८ कात्तिक २०७९ ०४:३६ PM मा प्रकाशित

प्रतिक्रिया