मङ्गलबार, कात्तिक २ २०७८ ०५:५१ AM

×
images

दसैंका लागि खसीबोकाको मूल्य प्रतिकेजी ६४० रुपैयाँ (फाेटाे फिचर)

काठमाडौं । दसैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैंका लागि खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ ।

कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दसैंका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा विक्री वितरण गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरूलाई आग्रह गरे । उनले खसी, बोकाको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए ।

No description available.

आइतबार​ २४ असोज २०७८ ०१:४४ PM मा प्रकाशित

प्रतिक्रिया