बुधबार, असार २ २०७८ ०७:०४ PM

×

काठमाडौंं उपत्यकामा निषेधाज्ञा असार ७ सम्म थप्ने तयारी, कोरोना संक्रमण कम नभएको निश्कर्ष 

images

काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी गरेको छ ।

काेरोना संक्रमणदर कम नभएको निश्कर्षका आधारमा स्थानीय प्रशासनले असारको पहिलो सातासम्म निषेधाज्ञा थप्ने तयारी गरेको काठमाडौैका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालिप्रसाद पराजुलीले बताए ।

संक्रमणदर कम नभएकाले निषेधाज्ञा एकसाता थप्न लागेको उनले स्पष्टपारे । निषेधाज्ञा जेठ ३१ गतेसम्म रहेको छ  । कृषि तथा निर्माण व्यवसायको कामलाई खुकुलो बनाउने तयारी भएको उनले सुनाए । सार्वजनिक तथा निजी यातायात बन्द कायमै रहने भएको छ । 

तत्कालै निषेधाज्ञा खुकुलो बनाउने परिस्थिति नभएको काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको निश्कर्ष रहेको छ । यद्यपि यस विषयमा निर्णय भएको छैन । 
 

शुक्रबार​ २८ जेठ २०७८ ०७:२२ PM मा प्रकाशित

प्रतिक्रिया