सोमबार, माघ ३ २०७८ १०:४९ PM

×

ईकमर्स कम्पनी दराजले नियुक्त गर्यो पहिलो महिला प्रबन्धनिर्देशक

images

काठमाडौं । देशकै ठूलो ईकमर्स कम्पनी दराज नेपालको पहिलो प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छिन् । 

यसअघि विश्वविख्यात ईकमर्स प्लेटफर्म अमेजनमा ५ वर्ष ४ महिनाको कार्यअनुभव सम्हालेकी आँचल देशकै ठूलो ईकमर्स कम्पनीको व्यवस्थापकीय तहमा पुग्ने पहिलो नेपाली महिला हुन् । 

दराज नेपालको यसअघिका प्रबन्धनिर्देशक लिनो अरलिङ दराजकै दक्षिण एसिया क्षेत्रको क्षेत्रीय टिममा फर्किएपछि यो महत्वपूर्ण जिम्मेवारी आँचललाई सरेको हो । 

नेपाललगायत पाँच मुलुकहरूमा दराजले स्थानीय व्यक्तिलाई नै प्रबन्ध निर्देशक नियुक्त गर्नेभन्दै जनवरी १७ मा आफ्नो रिब्रान्डिङको घोषणा गरेको थियो । 
सोही योजनाअन्तर्गत दराजले नेपालका लागि आँचललाई प्रबन्धनिर्देशकमा नियुक्त गरेको हो । कुँवरसँग अमेजन बाहेक कार्लसन वेगनलिट ट्राभल तथा एलायन्ट एनर्जीमा काम गरिसकेको १५ वर्ष लामो अनुभव छ ।

उनी २०१६ मा सिनियर भेन्डर म्योनजर, ब्युटी एन्ड ग्रुमिङको पोस्टबाट अमेजनमा प्रवेश गरेकी थिइन् ।  यसअघिसम्म कुँवर अमेजनको ग्लोबल एक्सपान्सन, प्रोग्राम म्यानेजमेन्ट व्यवस्थापक पदमा कार्यरत थिइन् ।

कुँवरले काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर कलेज हुँदै सेन्ट क्लाउड स्टेट युनिभर्सिटी र युर्निभर्सिटी अफ मिनिसोटाबाट पढाइ पूरा गरेकी छिन् । तर, दराज नेपालले यसबारे हालसम्म औपचारिक घोषणा नभइसकेको बताएको छ । 
 

बिहीबार २९ पुस २०७८ ०१:१२ PM मा प्रकाशित

प्रतिक्रिया