सोमबार, माघ ३ २०७८ १०:४२ PM

×

एकैदिन थपिए ५ हजार ८७ कोरोना संक्रमित, ३ जनाको मृत्यु

images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोभिड-१९ संक्रमित थपिएका छन् । २० हजार  ५ सय ६० नमुनाको परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ३ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय १३ पुगेको छ ।

त्यस्तै आज ३ सय ६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड-१९ का सक्रिय संकमितको संख्या १८ हजार २ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

शुक्रबार​ ३० पुस २०७८ ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया