काठमाडौ। फर्जी बक्यौता तिर्न अटेर गरेका उद्योगका उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ। प्राधिकरणले प्रमाणबेगर उद्योगीबाट रकम असुल्न खोजेको थियो। तर, उद्योगीले विजुली उपभोग गरेको प्रमाण दिन बारम्बार प्राधिकरणलाई आग्रह गरेका थिए। तर, प्रमाण नदिएपछि उद्योगीले प्राधिकरणले मागेको रकम नदिएपछि लाइन काटेको हो।
उर्जामन्त्री कुलमान घिसिगंले पदभार सम्हालेकै दिन उद्योगीबाट प्रमाण नदिई बक्यौला असुल्ने निर्णय गरेका थिए। उद्योगीले बारम्बार विजुली उपभोग गरेको प्रमाण दिए तत्काल भुक्तानी गर्ने बताए पनि प्राधिकरण प्रमाण दिन चुकेको थियो।
नेपाल विद्युत् प्राधिकरणले मंगलबार बिहानदेखि ६ वटा उद्योगको विद्युत् लाइन काटेको छ। प्राधिकरणको यस कदमले औद्योगिक वातावरणमा नकारात्मक प्रभाव पारेको छ। विद्युत् लाइन काटिएपछि ती उद्योगहरूको उत्पादन कार्य पूर्णरूपमा ठप्प भएको छ। उद्योगीहरूले यस कदमले उनीहरूको व्यवसायमा ठूलो क्षति पुगेको बताएका छन्।
पछिल्लो समय सरकारी नीति र कार्यक्रमका कारण पहिल्यैदेखि समस्यामा परेका उद्योगहरूलाई प्राधिकरणको यो कदमले थप पीडा दिएको छ। उद्योगीहरूले यस्तो अचानक कदमले उनीहरूको व्यवसायिक गतिविधिमा गम्भीर व्यवधान आएको जनाएका छन्।
नेपाल उद्योग परिसंघले प्राधिकरणको यस कदमको कडा विरोध गरेको छ। परिसंघले यस्ता मनपरी निर्णयहरूले नेपालको औद्योगिक वातावरणमा नकारात्मक सन्देश पठाउने चेतावनी दिएको छ।
'यस्तो व्यवहारले विदेशी लगानीकर्ताहरूमा नकारात्मक छाप पार्छ। सरकारले तत्काल हस्तक्षेप गर्नुपर्छ,' परिसंघका एक पदाधिकारीले भने।
प्राधिकरणले जगदम्बा स्टिल्स, रिलायन्स स्प्रिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटिएको हो।