सोमबार, माघ ३ २०७८ १०:०४ PM

×

बतासकाे बचाउमा उद्याेग संगठन माेरङ, उद्यमीमाथि नियोजित प्रहार

images

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र क्याफेटेरिया भाडा प्रकरणबारे केही दिनयता बतास अर्गनाइजेसनविरुद्ध विभिन्न सञ्चार माध्यम एवम् सामाजिक सञ्जालहरुमा प्रकाशन तथा प्रशारण भइरहेका समाचारहरुप्रति उद्योग संगठन मोरङले ध्यानाकर्षण भएको छ बताएको छ । 

‘नेपाल सरकारको जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन समितिले स्मारक परिसरमा क्याफेटेरिया सञ्चालनका लागि भाडामा दिने गरी नियमानुसार टेन्डर आव्हान गरेको थियो’ जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त टेन्डर प्रक्रियाबाट बतास अर्गनाइजेसन अन्तर्गतको बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट छनौट भएको तथा २०७७ पुष १७ गते बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच क्याफेटेरिया सञ्चालन सम्बन्धमा द्विपक्षीय सम्झौता भएपश्चात् बतासले आफ्नो व्यवसाय अघि बढाएकोमा हाल आएर उद्योगीलाई एकपक्षीय ढंगबाट हतोत्साहित पार्ने, फसाउने गरी अनर्गल प्रचारप्रसार भइरहेकोप्रति उद्योग संगठन घोर आपत्ति प्रकट गर्दछ ।’

संगठनले नेपाल सरकारको स्थापित कानुन तथा अधिकार प्राप्त जिम्मेवार निकायबाट भएको सम्झौताबारे निर्णय गर्ने प्रक्रियामा संलग्नलाई चोखो देखाउँदै दोष जति एउटा उद्यमीमाथि थोपर्ने दुष्प्रयास भइरहेको दाबी गरेको छ । यस्तै कानुनको शासन तथा उद्यम गर्न पाउने संवैधानिक अधिकारको समेत बर्खिलाफ भएकोे र नीतिगत निर्णयहरुमा नीति निर्माणमा संलग्नहरुलाई चोख्याउँदै नीजि क्षेत्रलाई मात्रै एकतर्फि प्रहार गर्ने पद्दती नियोजित एवम् षडयन्त्रपूर्वक भइरहेको संगठनको ठहर छ । 

‘नारायणहिटी परिसरमा क्याफेटेरिया भाडामा सञ्चालन गर्ने तत्कालीन निर्णय गलत हो भने उक्त निर्णय फिर्ता लिने राज्य व्यवस्थाको आफ्नै विधिविधान हुँदाहुदै एक उद्यमीमाथि नियोजित ढंगबाट प्रहार हुनु समग्र निजी क्षेत्रको मनोबल गिराउने र नेपालमा उद्योगधन्दा गर्ने वातावरण छैन भन्ने गलत मान्यतालाई स्थापित गराउन चाहने तत्वलाई नै बल पुग्ने देखिन्छ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘बतास अर्गनाइजेसनप्रति भएकोे आरोपको खण्डन गर्दै सत्य तथ्य छानबिन गरी निर्णय प्रक्रियामा संलग्न निकायलाई कानुनको दायरामा ल्याउन नेपाल सरकारसंग जोडदार माग गर्दछांै ।’

शुक्रबार​ ३० पुस २०७८ ०१:५५ PM मा प्रकाशित

प्रतिक्रिया